शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दोवा पुगेका एमाले र विप्लव माओवादीका उम्मेद्वारले एउटै मञ्चबाट मागे भोट
दोवा पुगेका एमाले र विप्लव माओवादीका उम्मेद्वारले एउटै मञ्चबाट मागे भोट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ २७, २०८२
harikrishna and dhruba ghimire
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोवामा दुई फरक–फरक राजनीतिक दलका उम्मेद्वारहरुले एउटै मञ्चबाट स्थानीयसँग भोट मागेका छन् । मंगलबार नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लप) ले मतदाता भेटघाट र आफ्ना बिचार व्यक्त गर्न एउटै मञ्च प्रयोग गर्नुभएकाे हाे । दोवामा दुई राजनीतिक दलका उम्मेदवारहरू एउटै मञ्चमा बसेर मतदातासँग मतदानका लागि अपिल गरेको दृश्य अन्यत्र भन्दा अलि फरक देखिन पुगेको छ । नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लव) ले मतदाता भेटघाट र आफ्ना विचार व्यक्त गर्न एउटै मञ्च प्रयोग गरेका हुन् ।वडा कार्यालय र स्थानीय आमा समूहले दुवै जना उम्मेदवारहरूलाई आफ्नो गाउँमा स्वागत गरेर एउटै मञ्चबाट आफ्ना योजना र विचार सुनाउने व्यवस्था मिलाएका थिए । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले उच्च राजनीतिक संस्कार र लोकतान्त्रिक अध्यास आफूहरूले गरेको बताउनुभयो। ‘दुवै उम्मेद्वारको मतदाता भेटघाट कार्यक्रम एकै ठाउँमा जुधेपछि स्थानीयको आग्रह अनुसार एउटै मञ्चबाट मत मागेर उच्च राजनीतिक संस्कार प्रस्तुत गरेका छौं,’ उहाँले भन्नुभयो , ‘लोकतन्त्रको अभ्यास यसरी पनि गर्न सकिन्छ भन्ने सन्देश दिएका हौं ।’ वडा अध्यक्ष दिलिप गर्बुजा लगायत स्थानीयबासीले गुठीको जग्गा सम्बन्धी समस्या, दोवामा निर्माण भएको पाँच शैया क्षमताको अस्पताल भवन प्रयोगमा ल्याउने, छिमेकी वडा भुरुङ्ग–तातोपानीसँगको सिमाना विवाद समाधान र भिरकाटे दोवा स्तरोन्नतिको माग गर्नुभयो । उम्मेदवारद्वय श्रेष्ठ र घिमिरले समसामयिक राजनीतिक विषय, आफ्ना योजना र प्रतिबद्धता व्यक्त गरे । संयुक्त रुपमा कार्यक्रम गर्दा स्थानीयबासी र उम्मेदवारहरूको समय समेत बचत भएको छ ।यसअघि गत हप्ता घरदैलोका क्रममा बेनी नगरपालिका –१, रत्नेचोरमा भेट भएका नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.) र स्वतन्त्र उम्मेद्वार डा. महाविर पुनले एक अर्कालाई शुभकामना दिएका थिए । आइतबार दरबाङमा भेट भएका कांग्रेसका भण्डारी र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले पनि एक अर्कालाई शुभकामना दिनुभएका भिडियो सार्वजनिक भएको थियो । फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ११ जना राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । उम्मेदवार र राजनीतिक दलको सौहार्दपूर्ण ब्यवहारले आम नागरिक तथा नेता कार्यकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह गराएको छ । सबै उम्मेदवारहरू मतदाता भेटघाट र कार्यकर्ता परिचालन गरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने प्रयासमा घरदैलामा व्यस्त छन् । नेपाली कांग्रेस म्याग्दीका जिल्ला उपसभापति समेत रहनुभएका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा. महावीर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपा (माओवादी)ले द्वन्द्वकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववीयु सभापति क्षेत्रबहादुर घिमिरे (विप्लव) लाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बनेका छन् ।प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १५:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP