शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्णको ग्रामीण सडक व्यवस्थित सँगै पर्यटन क्षेत्रमा पुर्वाधार विकास मेरो पहिलो प्राथमिकता : उम्मेदवार भण्डारी
अन्नपूर्णको ग्रामीण सडक व्यवस्थित सँगै पर्यटन क्षेत्रमा पुर्वाधार विकास मेरो पहिलो प्राथमिकता : उम्मेदवार भण्डारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन ३, २०८२
kb
बेनी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केबी)भण्डारीले मतदाता भेटघाट र प्रचारप्रसार अभियानलाई तिब्र गतिमा अघि बढाउनुभएको छ ।आइतबार जिल्लाको अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुग्नुभएका नेपाली कांग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीर, उम्मेदवार भण्डारी लगायतको टोलीले दोसल्ले, टिकोट र घराम्दीका मतदाताहरुलाई भेटी उनीहरुका समस्या बुझ्नुका साथै आफ्ना एजेण्डा राख्नुभएको छ । उम्मेदवार भण्डारीले अन्नपूर्णलाई पर्यटन विकास गरी आयआर्जन संगै रोजगारी सिर्जना गर्ने खालका योजना र बस्तीबस्तीमा पुग्ने सडक स्तरउन्नी गर्ने कार्य आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । अघिल्लो सरकारको उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री समेत रहनुभएका सभापती गर्बुजाले आफु छोटो समय मन्त्री हुन पाउदा पनी अन्नपूर्णको विकासमा योजनाहरु हालेको बताउदै ती योजना सम्पन्न गर्न र जिल्लाको विकासका लागि म्याग्दी कांग्रेसले उर्जाशिल युवा नेतालाई उम्मेदवारी बनाएको बताउदै सबैले सहयोग गर्न आग्रह गर्नुभयो । उम्मेदवार भण्डारीले नेपाली कांग्रेस अब पुरानो ढर्राबाट परिवर्तित र रुपान्तरित भएर नयाँ स्वरुप र नेतृत्व सहित आएकोले जनताले ढुक्क भएर कांग्रेसलाई विश्वास गरी मत दिन मतदाताहरुसँग अनुरोध गर्नुभयो । उहाँले बोलेर मात्र होईन आफुले काम गरेर समेत देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नयाँ दल भनिरहदा त्यसमा पनि पुरानो अनुहार आएको बन्दै कांग्रेसले अहिले केन्द्रदेखि जिल्ला तह सम्म पुस्तातरण भएको बताउनुभयो । कार्यक्रममा उम्मेदवार भण्डारीले जनताको आधारभुत आवश्यकतालाई पहिलो प्राथमिकता दिदैं सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, बेरोजगारी र कृषि क्षेत्रका समस्याहरूबारे स्थानीयको गुनासोलाई दीर्घकालीन समाधानका लागि स्पष्ट योजना रहेको बनाएको बताउनुभयो । आफु कानुनको विद्यार्थी समेत भएकाले कस्ता खाले निती बनाउने र यहाँका खानीहरु संचालन गर्ने भन्ने बारेमा समेत आफु प्रस्ट रहेको उहाँको भनाई थियो । नेपाली कांग्रेस अन्नपूर्ण पालिका सभापती कृष्ण बरुवाल, जिल्ला कार्यसमिति कोषाध्यक्ष अमृतमान श्रेष्ठ, निर्वाचन क्षेत्र क का सभापती ओम छन्त्याल लगाएतका नेता कार्यकर्ताहरुको समूह प्रचार तथा जनभेटघाट अभियानमा सहभागि हुनुहुन्थ्यो ।
प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  २२:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP