शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • भोट माग्दै कांग्रेस उम्मेदवार केबी भण्डारी भन्छन्–‘विश्वास गर्नुस् जितेर गएपछि बजेट पनि ल्याउँछु,विधेयक बनाउन आवाज पनि उठाउँछु’
भोट माग्दै कांग्रेस उम्मेदवार केबी भण्डारी भन्छन्–‘विश्वास गर्नुस् जितेर गएपछि बजेट पनि ल्याउँछु,विधेयक बनाउन आवाज पनि उठाउँछु’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन ६, २०८२
WhatsApp Image 2026-02-18 at 21.47.10 (1)
बेनी । नेपाली कांग्रेस म्याग्दीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चुनावी सभा र घरदैलो कार्यक्रम बुधबार मंगला गाउँपालिकाको वडा नम्बर १,२,५ र बेनी नगरपालिका–४,का विभिन्न ठाउँमा सम्पन्न गरेको छ । तुसारेपानीमा आयोजित चुनावी सभामा कांग्रेस म्याग्दीका सभापति एवं निवर्तमान राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ ,प्रतिनिधि सभा सदस्यका उम्मेदवार केबी भण्डारी ,राष्ट्रिय पञ्चायत सदस्य नरबहादुर पुन ,युवा अनुसन्धानकर्ता लक्षमण रिमाल , वडा इकाई सभापति रामबहादुर खत्रीले बोल्नुभएको थियो । निवर्तमान राज्यमन्त्री गर्बुजाले आफ्नो छोटो कार्यकालमै म्याग्दीमा अर्ब बढीको बजेट भित्रिएको र त्यसको सफल कार्यान्वयका लागि पार्टीका उम्मेद्वार केबी भण्डारीलाई जिताउन अपिल गर्नुभयो । उहाँले केबी भण्डारी सांसद बन्न योग्य रहेको उल्लेख गर्दै देशमा राजनीतिक स्थायीत्व ,सुशासन ,आफ्नो कार्यकालमा अपुरा रहेका योजना पुरा गर्न तथा जिल्लाको थप विकास गर्न कांग्रेस पार्टी र उम्मेद्वार भण्डारीलाई जिताउन आवश्यक रहेको बताउनुभयो । जिल्लाको समग्र विकास र म्याग्दीबासीको सेवामा आफु लामो समयदेखि निरन्तर खट्दै आएको बताउँदै प्रतिनिधि सभा सदस्य उम्मेद्वार भण्डारीले आगामी निर्वाचनमा जिताउन अपिल गर्नुभयो । उहाँले म्याग्दीलाई आर्थिक रुपमा समृद्ध जलविद्युत , कृषि ,पर्यटन ,जडिबुटी ,खानी ,तातोपानी कुण्ड लगायत उत्पादनमुलक क्षेत्रमा पुर्वाधार विकास निर्माणलाई थप व्यवस्थित बनाउँदै लगानी भित्र्याएर रोजारी सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । कांग्रेसको पहलमा म्याग्दीमा भित्रिएका योजना कार्यान्वयन ,खानी उत्खननमा नीतिगत समस्याका कारण म्याग्दीले लाभ लिन नसकेको उल्लेख गर्दै आफुले जितेर गएपछि कानुनी नीतिगत समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । सांसदको काम विद्येयक बनाउन मात्र नभई बजेट ल्याउने पनि भएको उल्लेख गर्दै उम्मेद्वार भण्डारीले भन्नुभयो ,‘म कानुनको विद्यार्थी पनि हुँ । विश्वास गरेर भोट दिएर जिताउनुस् ,बजेट पनि ल्याउँछु ,विद्येयक बनाउन संसदमा आवाज पनि उठाउँछु ।’ आफ्नो नेतृत्वमा नेपालमा पहिलोपटक विद्युतीय भोटिङ मेसिन निर्माण भएको बताउँदै कांग्रेस म्याग्दीका उपसभापति समेत रहनुभएका भण्डारीले सुचना प्रविधिको क्षेत्रमा पनि आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।    
प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  २२:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP