शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाली कांग्रेसका उम्मेदवार भण्डारीको उद्घोषः विभेद र छुवाछुत मुक्त र स्रोत,साधन,रोजगार तथा विकासले युक्त समृद्ध
नेपाली कांग्रेसका उम्मेदवार भण्डारीको उद्घोषः विभेद र छुवाछुत मुक्त र स्रोत,साधन,रोजगार तथा विकासले युक्त समृद्ध
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन ७, २०८२
IMG_1271.JPG
बेनी। लोकतन्त्र प्राप्तिका लागि गरिएको आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुलाई नमन तथा स्मरण गर्दै नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारीले म्याग्दीलाई सम्पूर्ण किसिमका विभेद र छुवाछुत मुक्त र स्रोत,साधन,रोजगार तथा विकासले युक्त समृद्ध जिल्ला बनाउने उद्घोष गर्नुभएको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका भण्डारीले विहीबार (आज) पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-२ ,लुलाङ र लमसुङमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उक्त उद्घोष गर्नुभएको हो। उम्मेदवार भण्डारीले हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीले सेवा सुविधा प्राप्त गर्न नसक्दा उपल्लो भेगमा जनतालाई समस्या भएको बताउँदै जनताका समस्याहरु समाधान गर्ने ल्याकत र सामथ्र्य आफूसँग भएको दावी गर्नुभयो । “म सेवा गर्नकै लागि जन्मिएको हुँ,म कानुनको विद्यार्थी भएको हुनाले मलाई योजना कसरी बनाइन्छ,बजेट कसरी बाँढफाँड गरिन्छ र धेरैभन्दा धेरै बजेट कसरी जिल्लामा ल्याउन सकिन्छ भन्ने कुरा थाहा छ । म म्याग्देली जनताको शिर ठाडो हुने गरी नीति निर्माण तहमा पुगेर काम गर्न चाहन्छु । त्यसैले जिल्लाको विकासका लागि पनि मलाई भोट दिनुहोस” उम्मेदवार भण्डारीले भन्नुभयो । भण्डारीले प्राथमिकता र आवश्यकताका आधारमा विकास,जातीय समनता,वर्गिय विभेदको अन्त्य,रोजगारीको सृजना,पर्यटन क्षेत्रमा पूर्वाधार निर्माण र विकास,शिक्षा,स्वास्थ्यमा सुधार र सर्वसुलभ बनाउने योजना,हिमाली जिल्लामा कार्यान्वयन गरिनुपर्ने नीति र जनतालाई सुविधा ,सानेपानी,सिंचाइ,उत्पादित वस्तुको बजारीकरण,कृषि र पशुपालनलाई उद्यमको रुपमा विकास गर्ने,जडिबुटीको संकलन,प्रशोधन र विक्रीवितरणका लागि सहज नीतिको कार्यान्वयन,खानी उत्खन लगाएतका कुराहरु आफ्नो क्रमिक प्राथमिकताका विषयहरु रहेका बताउनुभयो ।   चुनावी सभामा कांग्रेस म्याग्दीका सभापति एवं निवर्तमान राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ले आफ्नो छोटो राज्यमन्त्री कालमा पनि विगतको भन्दा धेरै बजेट म्याग्दीका लागि ल्याएको बताउँदै त्यसको जसलिन हानथाप गर्न नचाहेको उल्लेख गर्नुभयो । निवर्तमान राज्यमन्त्री गर्बुजाले आफ्नो छोटो कार्यकालमै म्याग्दीमा अर्ब बढीको बजेट भित्रिएको र त्यसको सफल कार्यान्वयका लागि पार्टीका उम्मेद्वार केबी भण्डारीलाई जिताउन अपिल गर्नुभयो । उहाँले केबी भण्डारी सांसद बन्न योग्य रहेको उल्लेख गर्दै देशमा राजनीतिक स्थायीत्व ,सुशासन ,आफ्नो कार्यकालमा अपुरा रहेका योजना पुरा गर्न तथा जिल्लाको थप विकास गर्न कांग्रेस पार्टी र उम्मेद्वार भण्डारीलाई जिताउन आवश्यक रहेको बताउनुभयो । नेपालमा पहिलोपटक विद्युतीय भोटिङ मेसिन निर्माण भएको बताउँदै कांग्रेस म्याग्दीका उपसभापति समेत रहनुभएका भण्डारीले सुचना प्रविधिको क्षेत्रमा पनि आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । धवलागिरि गाउँपालिकाका २,३ र ४ वडामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पनि गरिएको थियो । पार्टीका नेता तथा कार्यकताहरु सहभागि उक्त कार्यक्रममा मतदाताहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २१:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP