शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरी र मालिकामा कांग्रेसको चुनावी सभा ,म्याग्दीको विकास र रोजगारीलाई प्राथमिकता दिने उम्मेद्वार भण्डारीको प्रतिबद्धता
धवलागिरी र मालिकामा कांग्रेसको चुनावी सभा ,म्याग्दीको विकास र रोजगारीलाई प्राथमिकता दिने उम्मेद्वार भण्डारीको प्रतिबद्धता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन ११, २०८२
KB-Bhandari
बेनी ।नेपाली कांग्रेस म्याग्दीको चुनावी सभा तथा मतदाता संगको भेटघाटलाई तिब्रता दिएको छ । सोमबार जिल्लाको धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाको विभिन्न वडामा चुनावी सभा सम्पन्न भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका कर्णबहादुर भण्डारीले पश्चिमको विकास र रोजगारीलाई आफुले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मराङ र मालिका गाउँपालिका ६ दरबाङमा भएको सभालाई सम्बोधन गर्दै उम्मेदवार भण्डारीले पश्चिममा म्याग्दी हरेक दृष्टीकोणबाट पछि परेको बताउदै पश्चिकको विकासका लागि आफुले प्राथमिकतामा राखेर काम गर्ने बतानुभएको छ। उहाँले दरबाङदेखि अर्मन, मल्कबाङ जाने सडकको स्तरउन्नती गाउँका युवा क्लबको खेलमैदान निर्माण गरि खेलाडी उत्पादन र गाउँमा उत्पादन भएका कृषि जन्य बस्तुको विक्री वितरणका लागि आफुले पहल गर्ने बताउनुभएको छ।धवलागिरी र मालिकामा निर्माणधिन हाइड्रो पावर पिडीतका समस्या समाधान र र मालिकाधुरी, मुना मालिका लगायतका पर्यटकीय स्थल सम्म पुग्ने पदमार्ग तथा सडकलाई व्यवस्थित गरी संसारभरका पर्यटकहरुको आकर्षण स्थल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।उम्मेदवार भण्डारीले गाउँसम्म जाने सडकको स्तरोन्नति गर्ने,आवश्यक ठाउँमा झोलुङ्गे पुलको व्यवस्था गर्ने,रोजगारीका लागि विभिन्न सीपमूलक तथा व्यवसायमूलक कामहरुको पहिचान गरी विदेशीन वाध्य जनशक्तिलाई आफ्नै ठाउँमा स्वरोजगार गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । भण्डारीले प्राथमिकता र आवश्यकताका आधारमा विकास,जातीय समनता,वर्गिय विभेदको अन्त्य,रोजगारीको सृजना,पर्यटन क्षेत्रमा पूर्वाधार निर्माण र विकास,शिक्षा,स्वास्थ्यमा सुधार र सर्वसुलभ बनाउने योजना,हिमाली जिल्लामा कार्यान्वयन गरिनुपर्ने नीति र जनतालाई सुविधा ,सानेपानी,सिंचाइ,उत्पादित वस्तुको बजारीकरण,कृषि र पशुपालनलाई उद्यमको रुपमा विकास गर्ने,जडिबुटीको संकलन,प्रशोधन र विक्रीवितरणका लागि सहज नीतिको कार्यान्वयन,खानी उत्खन लगाएतका कुराहरु आफ्नो क्रमिक प्राथमिकताका विषयहरु रहेका बताउनुभयो । सोही अवसरमा निवर्तमान राज्यमन्त्री तथा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले आफूले छोटो समयमा जिल्लाका लागि धेरै काम गरेको,बजेटदेखि लिएर योजनाहरुको निरन्तरता र जिल्लामा देखिएका समस्या समाधानको लागि प्रयास गर्दागर्दै देशमा उत्पन्न समस्याका कारण ती सबै प्रयासहरु अधुरा रहेका बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा अधुरा रहेका कामहरु पुरा गर्नुका साथै जिल्लामा देखिने गरी विकास निर्माणका लागि बजेट र कानुन निर्माणमा कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (के.बी) अझै योग्य भएकाले उहाँलाई भोट दिई विजयी बनाउन आग्रह गर्नुभयो । साथै मालिकाो दिच्याम र गगनपानीका बस्तीहरुमा घरदैलो समेत गरिएको थियो  । दुई वटैै पालिकाका वडाहरुमा अत्यन्त शालीन र मर्यादित तरिकाले कार्यक्रम सम्पन्न भएको थियो । प्रतिद्धन्द्धी कुनै पनि दल वा व्यक्तिलाई कुनै किसिमको आक्षेप नलगाई नीति निर्माण तहमा र जिल्लाको विकासमा आफूले गर्नसक्ने कामहरुको बारेमा मतदाताहरुलाई प्रतिवद्धता व्यक्त गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  २२:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP