शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रदेश सरकारले बजेटमा म्याग्दीलाई प्राथमिकता दिएको छ, अब पनि दिन्छ : मुख्यमन्त्री पाण्डे
प्रदेश सरकारले बजेटमा म्याग्दीलाई प्राथमिकता दिएको छ, अब पनि दिन्छ : मुख्यमन्त्री पाण्डे
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन १५, २०८२
cm surendra panday gandaki
बेनी ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशबाट म्याग्दीलाई बजेटमा प्राथमिकता दिएको बताउनुभएको छ । निर्वाचन आयोगबाट अनुमती लिएर नेपाली कांग्रेस म्याग्दीले रघुगंगा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गदैं मुख्यमन्त्री पाण्डेले म्याग्दीमा सडक, शिक्षा, खानेपानी लगायतका पूर्वाधारमा प्रदेश सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने बताउनुभयो । शुक्रबार रघुगंगा गाउँपालिकाको बेगखोला, भगवती र पिप्लेमा आयोजित आमसभालाई सम्बोधन गदैं मुख्यमन्त्री पाण्डेले म्याग्दीलाई विगतमा जस्तै आगामी दिनमा पनि बजेटमा प्राथमिकता दिने बताउनुभयो ।‘म्याग्दीबाट माग भएका योजनाहरू अगाडी बढेका छन्, तपाईहरूको सक्रियता भइरहेका कामहरूमा मेरो सधै साथ हुन्छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले जिल्लाका गौरवका योजनाहरूमध्ये बेनी–दरबाङ–मुना हुदै जलजला जोड्ने, बेनी–पाखापानी सडकको बाँकी कालोपत्रे सहित जिल्लाका अन्य पालिकामा रहेका सडक सञ्जालमा प्रदेश सरकारबाट भइरहेको कामको लिष्ट लिएर आएको बताउनुभयो । ‘हामीले धेरै काम गरेका छौ, यहाँबाट निर्वाचित संघ र प्रदेश माननीयहरूको योगदान छ, पार्टीका साथीहरूले सिधै भेटेर दिनुभएको योजनाहरूमा मैले सक्ने सहयोग गरेको छु’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । चुनावी कार्यक्रमा सहभागी हुने क्रममा मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा म्याग्दीमा सबै माग पूरा हुन नसकेपनि अति आवश्यक पूर्वाधार अन्तरगत बेनी–दरबाङ सडकखण्डको पखेरमा आवश्यक बेलिब्रिजको स्रोत सुनिश्चितता भएकाले निर्वाचन लगत्तै टेन्डर प्रकाशित हुने बताउनुभयो । म्याग्दीको विकासका लागि निर्वतमान प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाको सक्रियता र चासोको प्रशंसा गदैं मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको योजनामा संघीय सरकारबाट विनियोजित बजेटले मध्यपहाडी राजमार्गको बैकल्पिक मानिने सडकलाई अगाडी बढाउन सहज भएको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले म्याग्दीको विकासका लागि कांग्रेस उम्मेदवार कर्णबहादुर भण्डारीलाई विजय बनाउन आग्रह गर्नुभयो । ’ कांग्रेस जेनजी आन्दोलनपछि फेरिएको छ, अब सभापतिको नेतृत्वमा सरकार बनाउन कांग्रेसलाई बहुमत चाहिन्छ, समानुपातिकमा पनि रुखमै भोट हाल्नुहोस्‘मुख्यमन्त्री पाण्डेले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राजनीतिक ज्ञान र अनुभव आवश्यक हुनुपर्नेमा समेत जोड दिनुभएको थियो । उहाँले विश्वभर घटेका घटनालाई उदाहरण दिदैं सामाजिक सञ्जालमा पुराना र नयाँको नाममा भ्रामक सामग्री राखेर विभाजन ल्याउने र जनतालाई झुक्याउने प्रयास भएको भन्दै सचेत हुन समेत अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’र प्रतिनिधिसभा सदस्यका उम्मेदवार केवी भण्डारीले जिल्लाको विकास र संसदमा कानुन निर्माणमा सक्रिय सहभागितासँगै जिल्लामा विकास ल्याउन गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । आमसभामा नेपाली कांग्रेसका रघुगंगा गाउँकार्यसमितिका सभापति मनकुमार शेरपुञ्जा, रघुगंगा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिकाभित्र निर्माणधिन अवस्थामा रहेका र थप बजेटका विभिन्न योजनामा बजेट माग गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  २३:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP