शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा महावीर पुनलाई समर्थन गरेको रास्वपा बन्यो समानुपातिकमा पहिलो दल,कुन दलले कति मत ल्याए ?(सुची सहित)
म्याग्दीमा महावीर पुनलाई समर्थन गरेको रास्वपा बन्यो समानुपातिकमा पहिलो दल,कुन दलले कति मत ल्याए ?(सुची सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन २४, २०८२
Raswapa

बेनी । म्याग्दीमा समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पहिलो दल बनेको छ । गत बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा समानुपातिक तर्फको मतगणनाको अन्तिम परिणाम अनुसार ,रास्वपाले १९ हजार ९५७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ९ हजार ४ सय ५७, नेपाली कांंग्रेसले ७ हजार ५ सय ९४, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले ४ हजार १ सय ६२ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले दिएको जानकारी दिनुभयो । 

श्रम संस्कृति पार्टीले १ हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले ७ सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले १ सय ७७ मत पाएका छन् । जिल्लामा जम्मा मतदाता ८८ हजार दुई सय ९८ रहेकोमा समानुपातिक तर्फ ४७ हजार ६ सय १६ मत खसेको मध्य एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मत मतगणना भएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताउनुभयो । जिल्लाका सबै पालिकाहरुमा रास्वपाले अग्रता लिएको थियो । रास्वपाले स्वतन्त्र उम्मेद्वार पुनलाई समर्थन गरेको थियो ।

परम्परागत दलहरुले प्रत्यक्षमा जस्तै समानुपातिकतर्फ राम्रो मत पाउन सकेनन् । यसपटक दलको कोर एरिया भनिएका वडाहरुमै प्रत्यक्षमा स्वतन्त्र र सामानुपातिकमा रास्वपाले लोकप्रिय मत प्राप्त गर्न सफल भएको छ । प्रत्यक्ष तर्फ २२ हजार ८ सय ५० मत प्राप्त गरी स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभएको थियो । रास्वपाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गरेपनि प्रत्यक्षतर्फ चुनाव चिन्ह रहेकाले मत खसेको थियो । समानुपातिक तर्फको मतगणना सकिएसँगै जिल्लामा निर्वाचन सम्बन्धित सम्पूर्ण कामहरु सकिएको छ ।


प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ११:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP