शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा नेकपा सहित ९ जना उम्मेद्वारको जमानत जफत
म्याग्दीमा नेकपा सहित ९ जना उम्मेद्वारको जमानत जफत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन २५, २०८२
mukhya nirbachan adhikritko office
बेनी । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुुसार, म्याग्दीमा नेकपा सहित ९ उम्मेद्वारको जमानत जफत भएको छ । स्वतन्त्र उम्मेदवार महावीर पुनले २२ हजार ८ सय ५० मत ल्याएर विजयी हुदाँ प्रतिस्पर्धामा रहेका ९ जनाले जमानत जोगाउन आवश्यक पर्ने मत ल्याउन असफल भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीका अनुसार ,नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ३ हजार पाँच सय २९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले १ हजार ५ सय ३०, राप्रपाका डम्बर बहादुर सुवेदी २५२, नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरेले १८५, श्रम संस्कृति पार्टीका विनोद रानाले १२७, प्रगतिशिल लोकतान्त्रीक पार्टीका देवेन्द्र कामी ३८, नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजाले २७, जनमोर्चाका छेमबहादुर विकले २२ र मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामाले ५ मत पाउनुभएको छ । जमानत जोगाउन हरेक उम्मेदवारले ४३ सय १६ मत ल्याउनुपर्छ । जमानत गुमाएका दलित समुदायका उम्मेदवारको मनोनयदर्ताको ५ हजार र अन्य जातिको १० हजार धरौटी समेत जफत भएको छ । निर्वाचन ऐनको परिच्छेद–१० अन्तर्गत दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । म्याग्दीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपाका उम्मेदवारले धरौटी रकम जोगाएका छन्। नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९ सय १९ मत, नेपालाी कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार छ सय ७६ ल्याएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले बताउनुभयो । जिल्लामा कुल ८६ हजार ३ सय ९७ मतदाता रहेकोमा ४६ हजार ३ सय ३६ मत खसेको थियो भने ४३ हजार १ सय ६० मत सदर भएको थियो । प्रत्यक्षतर्फ ३ हजार एक सय ७६ मत बदर भएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ११:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP