शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • महावीर पुनको चुनावी खर्च : एमाले उम्मेद्वार श्रेष्ठको भन्दा कम कांग्रेस उम्मेद्वार भण्डारीको भन्दा बढी
महावीर पुनको चुनावी खर्च : एमाले उम्मेद्वार श्रेष्ठको भन्दा कम कांग्रेस उम्मेद्वार भण्डारीको भन्दा बढी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन २९, २०८२
harikrishna -shreshtha
बेनी । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. महावीर पुनले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ । सार्वजनिक खर्च विवरण अनुसार ,चुनावी खर्च २८ लाख रुपैयाँ बढी भएको छ । बिहिबार निर्वाचन आयोग नेपालमा पेश गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिद ३ हजार, नमुना मतपत्र सामग्री छपाइका लागि २ लाख ९० हजार ५ सय ९५ रुपैयाँ, तथा प्रचार–प्रसारका क्रममा यातायात तथा इन्धनका लागि ६ लाख ६० हजार ९ सय ९८ रुपैयाँ खर्च भएको उल्लेख छ। त्यसैगरी चालक ज्याला १ लाख ४० हजार, १३ लाख ६ हजार ६ सय १९ रुपैयाँ, ३ लाख ६० हजार ४ सय ९९ रुपैयाँ, स्टेशनरी २५ हजार ३ सय र विविध ७० हजार ८ सय ७७ रुपैयाँ रहेको निर्वाचन परिचालक समितिका चित्रबहादुर तिलिजाले बताउनुभयो ।यस अगाडी नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारी, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले खर्च विवरण सार्वजनिक गरिसक्नुभएको छ । डा. महावीरको चुनावी खर्च रकम कांग्रेस म्याग्दीबाट उम्मेद्वार भण्डारीको भन्दा बढी देखिएको छ । भने नेकपा एमालेबाट उम्मेद्वार श्रेष्ठले गर्नुभएको खर्च भन्दा कम देखिएको छ । भण्डारीले सार्वजनिक गर्नुभएको विभिन्न शिर्षकमा गरी १९ लाख तीस हजार रुपैयाँ रहेको छ भने श्रेष्ठको चुनावी खर्च तीस लाख २८ लाख एकसय बीस रुपैयाँ भएको सार्वजनिक भएको छ ।निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १२:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP