शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • आदिवासी जनजाति महासंघको अध्यक्षमा म्याग्दीका मनमोहन छन्त्यालको उम्मेद्वारी घोषणा
आदिवासी जनजाति महासंघको अध्यक्षमा म्याग्दीका मनमोहन छन्त्यालको उम्मेद्वारी घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन २९, २०८२
mohanapil
बेनी । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा म्याग्दीका मनमोहन छन्त्यालले उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन यही चैत ५ र ६ गते काठमाडौंमा हुँदैछ ।शुक्रबार महासंघको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएका छन्त्याल संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । लामो समयदेखि नेपालका आदिवासी जनजातिहरूका सामूहिक अधिकार, पहिचान र प्रतिनिधित्वका सवालमा निरन्तर सक्रिय छन्त्याल म्याग्दीको मालिका गाउँपालिका–४,छाप गाउँमा जन्मनुभएको हो । राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु, आदिवासी जनजातिको भूमि, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई आफुले प्राथमिकता दिने बताउनुभयो ।  सामाजिक सेवामा समेत सक्रिय छन्त्यालले महासंघको अध्यक्ष पदमा  आफुलाई  जिताउन सहयोगको अपिल  गर्नुभएको छ ।  छन्त्यालले भन्नुभभएको छ ,‘‘करिब २५ वर्षदेखि निरन्तर आदिवासी जनजातिको आन्दोलन र अभियानमा सधैं अग्रपंक्तिमा रही आएको छु । नेपाल छन्त्याल संघको २ कार्यकाल नेतृत्व गरिसकेको, नेपाल आदिवासी जनजाति महासंघको एक कार्यकाल संघीय परिषद सदस्यको रुपमा सक्रिय भूमिका निर्वाह गरी नेपाल सरकारको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदको सदस्यको रुपमा कार्यसम्पादन गरिरहेको पनि पत्रकार साथीहरु मार्फत जानकारी गराउँदछु । ’’ महाधिबेशको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने कार्यक्रम रहेको महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महाधिबेशनले अध्यक्ष सहित २१ जनाको सचिवलय गठन निर्वाचित गर्ने छ । नेपाल आदिवासी जनजाति महासंघमा ५६ जातीय संस्थाले संगठन सदस्यता प्राप्त गरेका छन् । बि.सं.२०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ नेपालका आदिवासी जनजातिहरूको छाता संगठन हो ।महासंघले आदिवासी जनजातिहरूको सामूहिक अधिकार, प्राकृतिक स्रोतमा अग्राधिकार, पहिचान, भूमिअधिकार तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा निरन्तर आवाज उठाउँदै आएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  २१:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP