शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा बेनी नगरपालिकाबाट सुरु भयो करदाता सेवा (भिडिओ सहित)
म्याग्दीमा बेनी नगरपालिकाबाट सुरु भयो करदाता सेवा (भिडिओ सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख ८, २०८३
nagar
बेनी । आन्तरिक राजस्व कार्यालय बागलुङबाट संचालन हुँदै आएको करदाता सेवा पहिलो पटक म्याग्दीको बेनी नगरपालिकाबाट सुरु भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालबीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएपछि सेवा प्रवाह औपचारिक रूपमा सुरु गरिएको हो। संघीय सरकारको गत कात्तिक १७ गतेको निर्णयअनुसार स्थानीय तहबाट करदाता सेवा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएपछि म्याग्दीमा यो सेवा पहिलो पटक बेनी नगरपालिकाबाट सुरु भएको जनाइएको छ। बेनी नगरपालिकाबाट व्यक्तिगत तथा संस्थागत प्यान नम्बर दर्ता लगायतका करदाता सेवा उपलब्ध हुने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । सेवाले प्रशासनीक सङ्घीयतालाई बलियो बनाउने र यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप मजबुद बनाउन सहयोग पुग्ने आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत सिलवालले बताउनुभयो । [embed]https://youtu.be/Xs359uc__7U[/embed] करदाता सेवाले स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने ,व्यवसायलाई आयकरमा व्यवसायीक प्यान दर्ता गर्ने ,प्यानसम्बन्धी विवरण सच्याउने तथा संशोधन गर्ने , खारेज भएका व्यवसायिक प्यानलाई व्यक्तिगतमा रूपान्तरण गर्ने तथा अन्य आवश्यक सेवाका लागि आन्तरिक राजस्व कार्यालय, बागलुङमा सिफारिस गर्ने जस्ता सेवा प्रदान गर्ने जनाइएको छ ।बेनी नगरपालिकामा करदता सेवा प्रदान गर्न नगरका राजस्वशाखाका चार जना कर्मचारीलाई तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । नगरपालिकाको सभाहलमा संचालित कार्यक्रम वरिष्ठ प्रशासकिय अधिकृत युवराज थापाले संचालन गर्नुभएको थियो ।  
प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  २०:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP