शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रास्वपा म्याग्दीले वडा अधिवेशन गर्दै
रास्वपा म्याग्दीले वडा अधिवेशन गर्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख १३, २०८३
jimmewari
बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले वडा अधिवेशन गर्ने भएको छ । शनिबार बेनीमा सम्पन्न ११औँ पूर्ण बैठकले जेठ महिना भित्र जिल्लाका ४५ वटै वडामा अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी बाँडफाँड गरेको छ ।जिल्ला सभापति यूवराज रोकाले जिल्लाका ६ वटै स्थानीय तहका सबै वडामा पार्टी संगठन विस्तार गर्ने उदेश्यले वडा अधिवेशन गर्न लागिएको बताउनुभयो । बैठकले निर्वाचनको समिक्षा समेत गरेको थियो । सबै वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिनेछ ।
११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेको छ । चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ । २ जना ४५ वर्षमुनिका युवा हुनुपर्छ । बैठकले जिल्लाका समस्यालाई लिएर केन्द्रसम्म डेलिगेशन पठाउने तयारी समेत गरेको छ । जिल्ला सचिव राजाराम बरुवालले पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउन जिल्ला, पालिका तथा वडा तहका समितिहरूलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरेको बताउनुभयो । उक्त प्रशिक्षण कार्यक्रम दिपक श्रेष्ठले गर्नुभएको थियो । प्रशिक्षणमा संगठन विस्तार, कार्यशैली सुधार तथा पार्टीका नीति–दर्शनका विषयमा विशेष जोड दिइएको सहभागीहरूले बताएका छन्। पार्टीले समयमै वडा अधिवेशन सम्पन्न गरी संगठनलाई थप व्यवस्थित र सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  ०६:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP