शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास (तस्बिर)
पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास (तस्बिर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख १५, २०८३
WhatsApp Image 2026-04-28 at 22.13.15
बेनी । पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२ स्थित पर्यटकीय स्थल दुरलेकमा सिद्ध देवताको मन्दिर निर्माण गरिएको छ। यसअघि उक्त स्थानमा ढुङ्गा थानमा मात्र पूजा गर्ने प्रचलन रहेको थियो।स्थानीय सामाजिक संस्था दिपज्योति युवा क्लबको अगुवाइमा निर्माण गरिएको मन्दिरको मंगलबार गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो। उद्घाटनका क्रममा उहाँले मन्दिर निर्माणसँगै दुरलेकलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। मालिका गाउँपालिको सबैभन्दा अग्लो ठाउँमा रहेको दुरलेक धेरै विशेषता भएकोले पर्यटनको प्रचुर सम्भावना सँगै बहुमुल्य जडिबुटीको व्यवसायिक सम्भावना रहेको बताउनुभयो । दुरलेक क्षेत्रमा क्षेत्रमा हाइ अल्टिच्युट खेलमैदान  निर्माण गर्न सकेमा खेल पर्यटनको गन्तव्य बनाउन सकिने सम्भावना रहेको बताउनुभयो । गाउँपालिकाले उक्त क्षेत्रको विकासका लागि सडक, पदमार्ग र अन्य पूर्वाधार निर्माणमा जोड दिएको र आगामी दिनमा थप पर्यटक तथा भक्तजनलाई आकर्षित गर्न प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी थप पूर्वाधार विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।अध्यक्ष गर्बुजाले पर्यटकीय क्षेत्रको विकासमा स्थानीयवासीको सक्रिय सहभागिता र सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो। मन्दिर निर्माण उपभोक्ता समिति अध्यक्ष ललित रोकाका अनुसार ,मन्दिर निर्माणका लागि करिब एक लाख ५० हजार रुपैयाँ बराबरको श्रमदान तथा एक लाख ४० हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन गरिएको थियो। सिद्ध देवताको दर्शन र पुजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।वडा अध्यक्ष उदयकुमार बुढाथोकीले दुरलेक पहिले गौचरनका रूपमा चिनिने भए पनि पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको बताउनुभयो। उहाँका अनुसार, स्थानीय तह, वडा, गाउँपालिका तथा प्रदेश सरकारको साझेदारीमा सडक, पदमार्ग, आश्रयस्थल लगायतका पूर्वाधार निर्माण गरिएको छ। उहाँले दुरलेकमा रेलिङ, प्रतीक्षालय, खानेपानी तथा शौचालयजस्ता आधारभूत संरचना आवश्यक रहेको बताउनुभयो । समुन्द्री सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण दुरलेक क्षेत्रमा सुर्याेदय , जडीबुटी, विभिन्न प्रजातिका लालीगुराँस, जंगली जनावर, सुन्दर ग्रामीण बस्ती तथा हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिने स्थानीय दुर्गे पुनले बताउनुभयो ।उद्घाटनमा वडा सदस्य भक्त बहादुर पुन,वडा सदस्य कुमारी पुन,स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  २२:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP