शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पत्रकार महासंघ म्याग्दी शाखाद्वारा पत्रिका वितरकलाई सम्मान : पत्रकारलाई दुर्घटना विमा
पत्रकार महासंघ म्याग्दी शाखाद्वारा पत्रिका वितरकलाई सम्मान : पत्रकारलाई दुर्घटना विमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ ९, २०८३
fnj myagdi
म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको नवौं साधारणसभाको अवसरमा लामो समयदेखि पत्रिका वितरणमा सक्रिय व्यक्तिहरुलाई सम्मान गरिएको छ । एक दशकभन्दा अघिदेखि पत्रिका वितरण गर्दै आएका धौलागिरी–६ ,मराङकी झरना श्रीपाली र जलजला –७, धाईरिङ पर्वतका सन्ते नेपालीलाई नगद तथा सम्मानपत्रसहित सम्मान गरिएको हो । त्यसैगरी महासंघकी कार्यालय सहयोगी मनकुमारी परियारलाई पनि नगद र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रममा अध्यक्ष शैक्षिक प्रोत्साहन पुरस्कारबाट पत्रकार दिपा बुढाथोकी सम्मानित हुनुभएको छ । मालिका–५, देविस्थानीकी बुढाथोकीले बेनीमा पत्रिका वितरण र रेडियोमा प्राविधकको काम गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिनुभएको छ । हाल म्याग्दी वहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत बुढाथोकीको आर्थिक अवस्था समेत कमजोर हुँदा अध्ययनमा केही राहत मिलोस भनेर महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले व्यक्तिगत रुपमा रु ५ हजार नगद पुरस्कार प्रदान गर्नुभएको महासंघका सचिव शिव आचार्यले जानकारी दिनुभयो । साधारणसभाका अवसरमा जिल्लाका क्रियाशील पत्रकारहरुलाई जनही पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पोलिसी हस्तान्तरण गरिएको महासंघले जनाएको छ । कार्यक्रममा २०८३ सालको भित्तेपात्रो समेत लोकार्पण गरिएको थियो । सम्मान तथा पुरस्कार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्मा तथा शाखा अध्यक्ष हरिकृष्ण गौतमले प्रदान गर्नुभएको थियो ।  
प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  २१:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP