शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई
दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ २०, २०८३
annapurna day daud
बेनी । दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि पुरष तर्फ ताप्लेजुङका रमेश लिम्बु र महिला तर्फ डोल्पाकी सुनसरी रोकाले हासिल गर्नुभएको छ । ।अन्नपूर्ण हिमालको सफल आरोहण गरेको दिन जुन ३ बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित चार हजार एकसय ९० मिटरको उचाईमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर देखि नारच्याङ सम्म ३० किलोमिटर दूरीमा दौड प्रतियोगिता सञ्चालन गरिएको उपाधि विजेता लिम्बुले २ घण्टा ४ मिनेट र रोकाले २ घण्टा ४७ मिनेट १६ सकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गरेको ७६ औं अन्नपूर्ण दिवस मुल समारोह समितिका व्यवस्थापक टकबहादुर पुनले जानकारी दिनुभयो ।उहाँका अनुसार ,पुरुष तर्फ मनकुमार रोका काठमाण्डौंले २ घण्टा १६ मिनेट ११ सकेन्डमा दूरी पार गरेर दोस्रो र दुई घण्टा २३ मिनेट १२ सकेन्डमा दूरी पार गरेर अर्जुन कुलिङ सोलुखुम्बुले तेस्रो स्थान हासिल गर्नुभएको छ ।यसैगरी महिला तर्फ पुस्पा शेरमा पाचथरले २ दुई घण्टा ५२ मिनेट ७ सकेन्डमा दूरी पार गरेर दोस्रो र निर्मला राई खोटाङले २ घण्टा ५३ मिनेट ३० सकेन्डमा उक्त दूरी पार गरेर तेस्रो हुनुभएको दिवस मुल समारोह समितिका व्यवस्थापक पुनले जानकारी दिनुभयो । यसैगरी प्रतियोगितामा पुरुष तर्फ लोकन्द्र राई सोलुखुम्बु,होमलाल श्रेष्ठ रामेछाप,सनम गुरुङ तनहुँ र महिला तर्फ सन्देभा बुढा जुम्ला,आशमा विक रोल्पा,भिमु बुढा जुम्लाले सन्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।दौड प्रतियोगितामा प्रथम हुनेलाई नगद एकलाख २५हजार,दोस्रोलाई ७५ हजार,तेस्रोलाई ४३ हजार ७ सय ५० रुपियाँ नगद सहित प्रमाणपत्र र सान्त्वना हुनेलाई १२ हजार पाँचसयका दरले नगद पुरस्कार सहित सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष भारतकुमार पुन,उपाध्इक्ष दिवा पुन तिलिजा,प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र वडाध्यक्ष लोकबहादुर फगामीले नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  २२:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP