शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा (तस्बिरहरु)
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ २४, २०८३
myagdi cc 32
बेनी ।म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाको अवसरमा विभिन्न संघसंस्था, उद्योगी व्यवसायीलाई आर्थिक सहयोग तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । उक्त साधारण सभामा बोल्दै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले आगामी आर्थिक बर्षको बजेटमा म्याग्दीलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । उहाँले म्याग्दीको भुगोल र यहाँको आवश्यकताका बारेमा आफुलाई जानकार रहेको भन्दै आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो । यसैगरी जिल्लामा संचालित क्याम्पसहरु मध्येबाट २०८१ म बजार शास्त्र, व्यवस्थापन संकाय (बिबिएस) मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने म्याग्दी क्याम्पसबाट ६४.३५ प्रतिशत अंक प्राप्त गर्ने छात्र बेनपा–२,का सुरेन्द्र थापा, छात्रा तर्फ ७६.४५ प्रतिशत ल्याउने बेनपा -४ ,कि सुजता पौडेललाई नगद ५ हजार सहित च्याम्बर अर्वाड र कदर पत्रले सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषबाट गएको १ वर्षको अवधिमा विभिन्न विपद्लगायत घटनाबाट क्षति बेहोरेका उद्योगी, व्यवसायी तथा आफन्त गुमाएका संघका विभिन्न सदस्यहरुलाई २ लाख ३० हजार रकम हस्तान्तरण गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । साथै बेनपा– ४, तातोपानीका तुलप्रसाद नेपालीको फेन्सी पसलमा बाढीले क्षेती पु¥याएको भन्दै संचालन नेपालीलाई नगद दश हजार रुपैयाँ सहयोग गरिएको छ । साधारणसभामा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले संस्थागत, महासचिव नारायण घर्ती क्षत्रीले प्रगति र कोषाध्यक्ष सुमन श्रेष्ठले गएको आवको आयव्यसहितको आर्थिक प्रतिवेदन बन्द सत्रले सर्वसम्मतले पारित गरिएको महासचिव घर्ती क्षत्रीले बताउनुभयो । साधारणसभाको उद्घाटनसत्रमा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका सचिव भरत बहादुर रकाल, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरबहादुर थापा, गण्डकी प्रदेश सभा सदस्यद्धय रेशम बहादुर जुग्जाली, हरी भण्डारी, स्थानीय तहको तर्फबाट बेनी नगरपालिका प्रमुख सुरत केसी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले स्वागतसहित अध्यक्षता र महासचिव नारायण घर्ती क्षत्रीले सञ्चालन गर्नुभएको साधारणसभाको उद्घाटनसत्र संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले धन्यवाद मन्तव्यका साथ समापन गर्नुभएको थियो ।  
प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  ०७:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP