शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बौद्ध युवा क्लबको अध्यक्षमा बुढा मगर
बौद्ध युवा क्लबको अध्यक्षमा बुढा मगर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ ३०, २०८३
IMG-20260613-WA0002.jpg
बेनी। म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट स्थित बौद्ध युवा क्लबको अध्यक्षमा दुर्गा बुढा मगर चयन हुनुभएको छ। खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय क्लबको शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न छैटौँ अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा बुढा मगर चयन हुनुभएको हो । नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव शेरचन, सचिवमा श्यामसुन्दर कँडेल, कोषाध्यक्षमा कमल घर्ती मगर र सहसचिवमा लक्ष्मी पुन चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा नारायण केसी, राजिप थापा, विकास कुँवर, प्रेम राना, सागर थापा, जीवन केसी, अनुपम श्रेष्ठ, लछुमन थापा लगायत रहनुभएको छ। बेनी नगरपालिका–७ ,का वडा सदस्य रमेश फगामीले अधिवेशनको उद्घाटन गर्नुहुँदै बौद्ध युवा क्लबले सञ्चालन गर्दै आएका खेलकुद तथा सामाजिक गतिविधिलाई अझ प्रभावकारी र रचनात्मक बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले युवाहरूलाई खेलकुदमार्फत सकारात्मक र सिर्जनात्मक गतिविधितर्फ अग्रसर गराउन क्लबले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। कार्यक्रममा क्लबका सल्लाहकार किरन तुलाचनले खेलकुदले युवाहरूमा नेतृत्व क्षमता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने उल्लेख गर्दै समाज रूपान्तरणको अभियानमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।अध्यक्ष दुर्गा बुढा मगरले बौद्ध युवा क्लबले स्थापना कालदेखि नै युवाहरूलाई खेलकुदसँगै सामाजिक गतिविधिमा सक्रिय बनाउँदै आएको स्मरण गर्दै आगामी दिनमा सबै सरोकारवाला निकायसँग समन्वय गरी खेलकुद कार्यक्रम सहित युवामुखी, सिर्जनशील र समाज उपयोगी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  ०७:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP