शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिकाको बजेट ५६ करोड चार लाख रुपैयाँ बढी (तस्बिर/भिडिओ)
रघुगंगा गाउँपालिकाको बजेट ५६ करोड चार लाख रुपैयाँ बढी (तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ४, २०८३
raghuganga-budget
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि ५६ करोड रुपैयाँ बढीको बजेट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१ औँ गाउँसभाबाट आगामी बर्षको लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहने रकम समेतलाई स्रोत अनुमान गरी ५६ करोड ४ लाख २० हजार ७ सय रुपैयाँ बराबरको बजेट पारित गरिएको हो । गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले सभामा प्रस्तुत गर्नुभएको बजेट छलफल पछि सर्वसम्मत रुपमा पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, आगामी आर्थिक बर्षको बजेट पारित गर्ने रघुगंगा गाउँपालिका नेपालमै पहिलो स्थानीय तह बनेको छ । रघुगंगाले चालुतर्फ ३८ करोड २ लाख २० हजार ७ सय र पुँजीगत तर्फ १८ करोड २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले पारित गरेको बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ३१ लाख रुपैयाँ , सशर्त अनुदानतर्फ २२ करोड ७४ लाख रुपैयाँ ,विशेष अनुदानतर्फ १ करोड ५० लाख, समपुरक अनुदानतर्फ ७० लाख गरी ३४ करोड ३५ लाख रुपैयाँ बजेट प्राप्त हुने अनुमान गरिएको छ ।त्यसैगरी गण्डकी प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १ लाख ७ हजार, समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ , विशेष अनुदानतर्फ ३९ लाख ९८ हजार रुपैयाँ समावेश गरिएको छ । बजेटमा संघीय सरकारको राजश्व बाँडफाँडतर्फ १० करोड ६२ लाख ७७ हजार रुपैयाँ , प्रदेश राजश्व वाँडफाँडबाट १ करोड ५ लाख ३३ हजार, आन्तरिक आम्दानीतर्फको राजश्व १ करोड ५ लाख रुपैयाँ तथा चालु आर्थिक बर्षमा खर्च नभई बाँकी रहने ७ करोड ७६ लाख रुपैयाँ रकमलार्य समावेश गरिएको छ । गाउँसभाबाट पूर्वाधार विकासतर्फ १३ करोड ४५ लाख ७२ हजार रुपैयाँ , सुशासन तथा संस्थागत विकासतर्फ १४ करोड २१ लाख ५१ हजार रुपैयाँ , सामाजिक विकासतर्फ २६ करोड ६९ लाख ७० हजार रुपैयाँ , आर्थिक विकासमा १ करोड ५६ लाख २७ हजार ७ सय रुपैयाँ तथा वन, वातावराण तथा विपद् व्यवस्थापन तर्फ ११ लाख बजेट विनियोजन गरेको छ ।गाउँसभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम समेत पारित भएको छ । पालिकाले कृषि, पशुपालन, पर्यटन क्षेत्रको विकास, शिक्षा र स्वास्थ्यको सुधार तथा पूर्वाधार निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ । पालिका अध्यक्ष भण्डारीले पालिकाको समग्र विकासलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम र बजेट तयार गरिएको बताउँदै प्रभाबकारी कार्यान्वनयमा जुट्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि र ग्रामिण सडकलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याइएको उपाध्यक्ष पुनले बताउनुभयो । [embed]https://youtu.be/kwgFURUIYzo[/embed]      
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  २०:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP