शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकाको ४८ करोड ८६ लाखको बजेट, शिक्षा–स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता
मालिका गाउँपालिकाको ४८ करोड ८६ लाखको बजेट, शिक्षा–स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार ८, २०८३
IMG_7881

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ८६ लाख ८ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार गाउँपालिका केन्द्र दरबाङस्थित छ्यारछ्यारे सभाहलमा सम्पन्न १९औँ गाउँसभामा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले बजेट प्रस्तुत गर्नुभएको हो।बजेटका प्रमुख स्रोतमा संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ८ करोड ८९ लाख रुपैयाँ, राजस्व बाँडफाँड ९ करोड ३ लाख ६३ हजार रुपैयाँ, सशर्त चालु अनुदान २० करोड ७४ लाख ५० हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदान ५० लाख रुपैयाँ, समपूरक पुँजीगत अनुदान २ करोड ६ लाख रुपैयाँ तथा विशेष अनुदान ९२ लाख रुपैयाँ रहेका छन्।

त्यसैगरी प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड ६ लाख ७७ हजार रुपैयाँ, राजस्व बाँडफाँड ८७ लाख ६८ हजार रुपैयाँ, विशेष अनुदान ४० लाख रुपैयाँ र समपूरक अनुदान ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै संचित कोषबाट २ करोड रुपैयाँ र आन्तरिक आयबाट १ करोड रुपैयाँ जुट्ने अनुमान गरिएको छ।गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम तथा उपाध्यक्ष घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको बजेट गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो।

गाउँपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। पूर्वाधार विकासतर्फ सशर्त र पालिकाको स्रोतबाट गरी ६ करोड ३० लाख ८ हजार रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक विकास क्षेत्रमा १ करोड ५० लाख रुपैयाँ तथा विपद् व्यवस्थापनका लागि १ करोड ८५ लाख रुपैयाँ बजेट छुट्याइएको छ।अध्यक्ष गर्बुजाका अनुसार शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, भवन निर्माण, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ। कृषि, पर्यटन, उद्यमशीलता र सुशासनलाई विकासको आधार बनाउँदै समृद्ध, आत्मनिर्भर तथा जलवायु उत्थानशील गाउँपालिका निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो।

नीति तथा कार्यक्रममा स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सेवाको सुधार तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले बढ्दो बसाइँसराइ, युवा पलायन, बाँझो जमिनको विस्तार, कृषि उत्पादनमा आएको गिरावट र पूर्वाधारको दिगोपनजस्ता चुनौतीलाई सम्बोधन गर्न विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम तयार गरिएको गाउँपालिकाले जनाएको छ।


प्रकाशित मिति: सोमबार, असार ८, २०८३  २१:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP