शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकाको सकस : समृद्धिको यात्रामा सधैँ विपद्को चुनौती
अन्नपूर्ण गाउँपालिकाको सकस : समृद्धिको यात्रामा सधैँ विपद्को चुनौती
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार १५, २०८३
IMG_8240
प्रकृतिकोे अनुपम उपहार अन्नपूर्ण हिमश्रृङ्खलाको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाले समृद्ध क्षेत्र हो । विश्वकै गहिरो अन्धगल्छी, मनमोहक रुप्से झरना, संसारभर प्रख्यात पुनहिल र विभिन्न प्रजातिका गुराँस फुल्ने ’गुराँसको राष्ट्रिय बगैँचा’ ,मोहरेडाँडा, तातोपानी कुण्ड तथा प्रसिद्ध अन्नपूर्ण पदमार्गजस्ता सम्पदाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाएका छन् ।कालीगण्डकी र मिरिस्ती नदीसँगै विभिन्न जलविद्युत आयोजनाले गाउँपालिकाको आर्थिक सम्भावना थप बलियो बनाएको छ। तर यति धेरै सम्भावनाका बीच बाढी, पहिरो, नदी कटान र अन्य प्राकृतिक विपद्का चुनौतीसँग अन्नपूर्णले निरन्तर जुधिरहेको छ । कालीगण्डकी करिडोर, जलविद्युत आयोजना र बढ्दो पर्यटकीय गतिविधिसँगै बजार व्यवस्थापनको आवश्यकता पनि बढ्दै गएको छ । समृद्धिका सम्भावनालाई सुरक्षित र दिगो बनाउन गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थित बजार विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विपद् व्यवस्थापनमा अन्नपूर्णको प्राथमिकता

अन्नपूर्ण गाउँपालिकाले बाढी, पहिरो, नदी कटान, जलविद्युत् आयोजनाबाट हुन सक्ने क्षति तथा सडक अवरोधजस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। भिरालो भूगोल र कालीगण्डकी नदीको कटानका कारण हरेक वर्ष ठूलो क्षति हुने भएकाले गाउँपालिकाले वार्षिक बजेटको उल्लेख्य हिस्सा विपद् व्यवस्थापनका लागि विनियोजन गर्ने गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार ,आर्थिक वर्ष २०८२÷०८३ मा प्रत्येक वडाका लागि ५÷५ लाख रुपैयाँ तथा गाउँपालिका स्तरमा ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ। संघीय सरकारको बजेटबाट दाना र नारच्याङ क्षेत्रमा तथा प्रदेश सरकारको बजेटबाट पोखरेबगर बस्ती संरक्षण योजना सञ्चालन भइरहेका छन्। गाउँपालिकाले स्थानीय आपतकालीन सेवा केन्द्र स्थापना गरी १२० थान ग्याबिन जाली, १४० थान त्रिपाल, खानेपानी पाइपलगायत आवश्यक सामग्री मौज्दात राखेको छ। त्यसैगरी, नारच्याङमा सशस्त्र प्रहरीसहित २५ सदस्यीय विपद् व्यवस्थापन टोली तयारी अवस्थामा रहेको अध्यक्ष पुनले बताउनुभयो। दुर्गम बस्ती, ग्रामीण सडक सञ्जाल र पर्यटकीय क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै गाउँपालिकाले जनचेतना अभिवृद्धि तथा पूर्वतयारीसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको छ। विपद् व्यवस्थापनका लागि बेल्चा, गैंती, त्रिपाल, डोरी, रबर बुट, सुरक्षा हेल्मेटलगायत उद्धार सामग्री तयारी अवस्थामा राखिएको छ। विपद् प्रभावित निजी आवास पुनर्निर्माण कार्यक्रमअन्तर्गत १८ लाभग्राहीले पहिलो किस्ता, १० जनाले दोस्रो किस्ता र दुई जनाले अन्तिम किस्ता प्राप्त गरिसकेका छन्। गाउँपालिकाभित्र १३ स्वास्थ्य संस्था, ४१ स्वास्थ्यकर्मी तथा पाँचवटा एम्बुलेन्स सेवा उपलब्ध छन् । कालिगण्डकी नदीको सतह बारे जानकारी दिन गाउँपालिकाले हरेक वर्ष वडा बिभिन्न वडामा हेरालो समेत नियुक्ति गर्ने गरेको छ ।

विपद्को उच्च जोखिममा रहेका बस्तीहरू

जलविद्युत र पर्यटनले समृद्ध भए पनि भौगोलिक संवेदनशीलताका कारण अन्नपूर्ण गाउँपालिका विपद् जोखिमका दृष्टिले निकै संवेदनशील मानिन्छ । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार सुनारी, तातोपानी, ठूलोबगर, फगाम, काभ्रे, राम्चेलगायत १८ वटा क्षेत्रहरू बाढीको उच्च जोखिममा छन्। त्यस्तै, भुरुङ–तातोपानी बजार, घोप्टेभीर, रूप्से छहरा आसपास र महाभीर क्षेत्र पहिरोको चपेटामा छन् भने वडा वडा नम्बर ४ स्थित नारच्याङ क्षेत्रमा हावाहुरी तथा हिमपातको जोखिम छ। भिरालो भूगोल र कच्ची सडक सञ्जालका कारण बर्खायाममा यहाँका बासिन्दाले ठूलो सास्ती खेप्नुपर्छ ।

नदी कटान रोक्न तीन वटा बस्ती संरक्षण योजना

कालीगण्डकी नदीको कटानबाट बस्ती तथा पूर्वाधार जोगाउन अन्नपूर्ण गाउँपालिकामा चालु आर्थिक वर्षमा तीन वटा नदी नियन्त्रण तथा तटबन्ध निर्माण योजना सञ्चालनमा रहेका छन्। गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार संघीय सरकारअन्तर्गत सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत गाउँपालिका–३, दानास्थित घट्टेखोला क्षेत्रमा दाना बस्ती संरक्षण योजना निर्माण सम्पन्न भएको छ भने वडा नम्बर ४ को नारच्याङस्थित घराप क्षेत्रमा कालीगण्डकी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ। संघीय सरकारका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा उक्त दुई योजना निर्माणका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । ‘घट्टेखोला संरक्षण योजना निर्माणपछि घट्टेडाँडा, लिग्म बस्ती तथा ज्ञानप्रकाश नमुना माविको छात्रावास, कृषियोग्य जमिन र स्थानीय पूर्वाधार नदी कटानको जोखिमबाट सुरक्षित बन्दै गएका छन्,’वडा नम्बर ३ का वडा अध्यक्ष रमेश पुर्जाले भन्नुभयो। वर्षायाममा घट्टेखोलाले बस्ती क्षेत्रमा पु¥याउँदै आएको क्षति न्यूनीकरण गर्न योजना प्रभावकारी बनेको उल्लेख गर्दै वडा अध्यक्ष पुर्जाले स्थानीयवासीको दीर्घकालीन सुरक्षाका लागि यस्ता संरक्षणका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो। यसैगरी, गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ बजेटबाट पोखरेबगर बस्ती संरक्षणका लागि कालीगण्डकी नदी किनारमा तटबन्ध निर्माण गरिएको छ ।

बजार व्यवस्थापनमा पारदर्शिता र उपभोक्ता हित

स्थानीय बजारलाई व्यवस्थित, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन गाउँपालिकाले नियामकीय अभ्यासहरू सुरु गरेको छ। वस्तु तथा सेवाको बजार मूल्यमा एकरूपता र पारदर्शिता ल्याउन व्यवसायीहरूलाई अनिवार्य मूल्य सूची राख्न सूचना जारी गरिएको छ। विभिन्न निर्माण सामग्री तथा सेवाको मूल्य सूची संकलन गर्दा गाउँपालिकालाई आफ्ना सार्वजनिक खरिद र विकास निर्माणका योजनाहरूको लागत अनुमान तयार गर्न सजिलो भएको छ । उपभोक्ताको अधिकार संरक्षण, स्वस्थ प्रतिस्पर्धा र मूल्य नियन्त्रणका लागि नियमित बजार अनुगमन गर्ने नीति लिइएको छ। गुणस्तरीय वस्तु र सेवाको उपलब्धता सुनिश्चित गर्न व्यवसायीहरूलाई उत्तरदायी बनाउने कार्यक्रमहरू तय गरिएका छन् ।

कालीगण्डकी कोरिडोर क्षेत्रमा सडक बत्ती जडान हुँदै

अन्नपूर्ण गाउँपालिकाले कालीगण्डकी कोरिडोरअन्तर्गतका बजार तथा पर्यटकीय क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउने उद्देश्यले सडक बत्ती जडान गर्ने भएको छ। प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेका अनुसार, ‘उज्यालो बजार क्षेत्र’ कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ बजेट विनियोजन गरी महभीर, धिरच्याङ, रातोपानी, पोखरेबगर र भुरुङ–तातोपानी क्षेत्रमा सडक बत्ती जडानको योजना अघि बढाइएको हो। पहिलो चरणमा महभीर, पोखरेबगर र भुरुङ–तातोपानी क्षेत्रमा सडक बत्ती जडानका लागि अन्नपूर्ण डेभलपर्स प्रालिसँग १८ लाख ८० हजार रुपैयाँमा सम्झौता भएको छ। सम्झौताअनुसार आगामी असार २० गतेभित्र काम सम्पन्न गरिनेछ। यस वर्ष पहिलो चरणको काम सम्पन्न गरी आगामी आर्थिक वर्षमा अन्य क्षेत्रमा पनि कार्यक्रम विस्तार गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिनुभयो। सडक बत्ती जडान भएपछि कोरिडोर क्षेत्रको सुरक्षा, सौन्दर्य र आवागमनमा सहजता बढ्नुका साथै दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनको भनाइ छ। उहाँका अनुसार, सडकमा जेब्रा क्रसिङ, स्पिड ब्रेकर र ढल व्यवस्थापनको लागि सहयोग गर्न कालीगण्डकी कोरिडोर सडक आयोजनालाई आग्रह गरिएको छ।

   ‘प्राकृतिक विपद्सँग सामना गर्न अन्नपूर्ण गाउँपालिकाको सक्रियता’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका प्राकृतिक विपद्को उच्च जोखिममा रहेको स्थानीय तह हो । बाढी, पहिरो, सडक अवरोध तथा बस्ती संरक्षणका चुनौतीबीच प्राकृतिक विपद्को सामना, पूर्वतयारी र गाउँपालिकाको सक्रियताबारे अध्यक्ष भारतकुमार पुनसँग गरिएको कुराकानीको सम्पादित अंशस : अन्नपूर्ण गाउँपालिका भौगोलिक रूपमा कत्तिको जोखिमपूर्ण छ र यसका लागि कस्तो बजेट व्यवस्था छ ? अध्यक्ष भारतकुमार पुन ः अन्नपूर्ण गाउँपालिका विशेष गरी विपद्को दृष्टिकोणले एकदमै संवेदनशील क्षेत्र हो। यहाँको जमिन भिरालो र कमजोर छ । तलबाट कालीगण्डकी नदीले तीव्र कटान गर्छ भने अर्कोतिर कालिगण्डकी करिडोर , प्रत्येक गाउँ, वडा र टोलमा पहुँच पु¥याउन निर्माण गरिएका सडकका कारण यो क्षेत्र अझ बढी जोखिमपूर्ण बनेको छ। प्रत्येक वर्ष यस्ता विपद्हरू आइपर्ने भएकाले हामीले ठूलो लगानी गर्नुपर्ने हुन्छ । हामीले निर्माण गरेका कतिपय योजनाहरू वर्षायाममा कालीगण्डकीले बगाउने र अर्को वर्ष पुनः निर्माण गर्नुपर्ने बाध्यता छ। त्यसैले हामीले विपद् व्यवस्थापनका लागि वार्षिक रूपमा ५० देखि ६० लाख रुपैयाँ अनिवार्य रूपमा विनियोजन गर्दै आएका छौँ र खर्च पनि सोही रूपमा भइरहेको छ। चालु आर्थिक वर्ष (२०८२÷८३) का योजना र बजेट कसरी बाँडफाँड गरिएको छ? अध्यक्ष भारतकुमार पुनः चालु आर्थिक वर्ष २०८२÷८३ का लागि हामीले प्रत्येक वडामा ५÷५ लाख रुपैयाँका दरले र गाउँपालिका स्तरमा ४० लाख रुपैयाँ विपद् व्यवस्थापन बजेट विनियोजन गरेका छौँ। विपद्को समयमा हामीले तत्काल बाढीपीडितहरूलाई राहत दिने, तटबन्ध तथा ग्याबिन जाली लगाउने र पाल वितरण गर्ने जस्ता कार्यहरू नियमित रूपमा गरिरहेका छौँ। संघीय सरकारबाट बस्ती संरक्षणका लागि प्राप्त ५ करोड रुपैयाँ बजेटमध्ये अहिले वडा नम्बर ३ को दाना घट्टेखोला क्षेत्रमा बस्ती संरक्षणका लागि तटबन्ध निर्माण भएको छ। त्यस्तै, वडा नम्बर ४ को नारच्याङ पटार क्षेत्रलाई संरक्षण गर्न कालीगण्डकी किनारमा तटबन्ध निर्माण भइरहेको छ । प्रदेश सरकारबाट प्राप्त २० लाख रुपैयाँ बजेटबाट पोखरेबगर बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गरिएको छ। आपतकालीन पूर्वतयारी र सुरक्षाका लागि के–कस्ता व्यवस्थाहरू गरिएका छन् ? अध्यक्ष भारतकुमार पुनः विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन हामीले स्थानीय आपतकालीन सेवा केन्द्रु स्थापना गरेका छौँ। त्यहाँ आवश्यक मात्रामा ग्याबिन जाली, पाल तथा खानेपानीका पाइपहरु स्टक (मौज्दात) राखेका छौँ। साथै, नारच्याङमा सशस्त्र प्रहरी बलसहित २५ जनाको विपद् व्यवस्थापन टोली तैनाथ छ, जसले विपद् न्यूनीकरण र द्रुत उद्धारमा ठूलो सहयोग पु¥याएको छ। सडक सञ्जाल खुला राख्न हामीले कालीगण्डकी कोरिडोर (मुक्तिनाथ जाने सडक) आयोजनासँग निरन्तर समन्वय गरेर दैनिक रूपमा सडक सफा गर्ने काम गरिरहेका छौँ। सडक सुरक्षा र रात्रिकालीन दुर्घटना न्यूनीकरणका लागि हामीले ‘उज्यालो बजार’ वा ‘उज्यालो हाइवे’कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ बजेट विनियोजन गरी स्ट्रिट लाइट (सडक बत्ती) जडानको कार्य अघि बढाएका छौँ। निष्कर्ष ः सुरक्षित र व्यवस्थित अन्नपूर्णको आधार विपद् व्यवस्थापन र बजार व्यवस्थापन एकअर्कासँग अन्तर्सम्बन्धित छन्। विपद् वा संकटका बेला पनि अत्यावश्यक वस्तुको आपूर्ति प्रणाली सञ्चालन हुनु र बजारमा मूल्य नियन्त्रण रहनुले नै नागरिकलाई सरकार भएको आभास दिलाउँछ। सुरक्षा निकायसँगको सहकार्य, पूर्वतयारी, नियमित बजार अनुगमन र मूल्य पारदर्शिता जस्ता कार्यहरूले अन्नपूर्ण गाउँपालिकालाई आगामी दिनमा थप सुरक्षित, व्यवस्थित र उत्थानशील स्थानीय तहका रूपमा स्थापित गर्ने विश्वास गर्न सकिन्छ । नोट ः यो पालिकाको फलोसिप लेखन अन्तरर्गत तयार पारिएको हो ।  


प्रकाशित मिति: सोमबार, असार १५, २०८३  ०९:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP