शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकाद्धारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन,नेपाली र मगर खाम दुवै भाषामा पठनपाठन
मालिका गाउँपालिकाद्धारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन,नेपाली र मगर खाम दुवै भाषामा पठनपाठन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार १७, २०८३
IMG_8128

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो मौलिकता, भाषा र संस्कृतिलाई शैक्षिक प्रणालीसँग जोड्दै स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिकाको अघिल्लो कार्यकालदेखि नै सुरु गरिएको यो अभियानले अहिले पूर्णता पाएको हो । ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रम (कक्षा १–८) तथा ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यपुस्तक कक्षा १–३० मंगलबार गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बिमोचन गर्नुभयो । कक्षा १ -३ को पुस्तकलाई नेपालीका साथै मगर खाम भाषामा पनि छपाइएको छ ।

नेपाली र मगर खाम भाषामा एकै पटक पठनपाठन गराउन मिल्ने गरि पुस्तक छपाई गरेको  गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो ।  उहाँका अनुसार , पालिकाभित्रका ७ वटै वडाका धार्मिक र पर्यटकीय स्थलहरू, स्थानीय रीतिथिति, र गाउँमा पाइने कृषि सामग्रीहरूलाई पाठ्यक्रममा समावेश गरिएको छ । ‘नेपालीसँगै मगर खाम भाषाका बाक्यहरुलाई पनि एउटै पृष्ठमा राखिएकाले दुई वटा भाषामा सँगै पठनपाठन गराउन सकिने बनाएका छौं ,’उहाँले भन्नुभयो ,‘खाम भाषी विद्यार्थीलाई आफ्नो मातृभाषाप्रति गौरव गर्न सिकाउनेछ भने अन्य विद्यार्थी र शिक्षकलाई स्थानीय भाषा सिक्ने अवसर प्रदान गर्नेछ ।’ शिक्षा अधिकृत रिजालका अनुसार गाउँपालिकाले स्थानीय शिक्षक र शिक्षा शाखाका कर्मचारीहरुको सहयोगमा नेपाली भाषामा तयार पारिएको पुस्तकलाई कर्णजित बुढामगरले मगर खाम भाषामा रुपान्तरण गराउनुभएको हो ।

सात वटा वडा रहेको मालिका गाउँपालिकामा रहेका नीजी सहित ४२ वटै विद्यालयलाई पुस्तक उपलब्ध गराइएको छ । नेपालीमा ‘हाम्रो मालिका’ नामारण भएको पुस्तकलाई मगर खाममा ‘गेमीं मालिका’ भनिएको छ । स्थानीय पुस्तकले बालबालिकाहरुलाई आफ्नो स्थानीय तहको बारेमा सिक्ने र बुझ्ने दिनुका साथै लोप हुने अवस्थामा रहेको मगर खाम भाषाको पुनउत्थान हुने गाउँपालिका अध्यक्ष  गर्बुजाले बताउनुभयो ।विद्यालय शिक्षालाई अझ स्थानीय, जीवनोपयोगी र मौलिक बनाउने उद्देश्यले नेपाली र खाम भाषामा पारिएको उहाँको भनाइ छ ।

‘मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणको लागि मगर खाम भाषाको पुस्तक तयार पारेर पठनपाठन शुरु गरिएको हो,’ उहाँले भन्नुभयो ,‘बालबालिकालाई दैनिक बोलिचाली र जिवनयापनमा बढी प्रयोग हुने शब्दावलीहरुलाई पुस्तकमा समेटिएको छ ।’ अध्यक्ष गर्बुजाले पूर्वाधार विकास पछि अबको प्राथमिकता शैक्षिक गुणस्तरमा हुने बताउनुभयो । उहाँका अनुसार ,गाउँपालिकाले यस वर्ष शैक्षिक गुणस्तर वृद्धिका लागि ७७ लाख रुपैयाँ विनियोजन गरेको छ । ‘यो बजेट स्मार्ट बोर्ड खरिद, फर्निचर व्यवस्थापन र शिक्षक तालिममा खर्च गरिनेछ ,’उहाँले भन्नुभयो,‘ शिक्षकहरूको दरबन्दी मिलान र शैक्षिक नतिजा सुधारमा पनि पालिकाले विशेष निगरानी राख्नेछ ।’

अध्यक्ष गर्बुजाले मगर खाम भाषाभित्रै रहेका विभिन्न भाषिका (ढुट, खामपाङ, काइके, पोइके) बीचको अतिक्रमण र विभेदलाई चिर्न पनि यो पाठ्यक्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । ‘आफ्नो साथीले बोल्ने भाषा बुझ्न पाउँदा सम्बन्ध अझ प्रगाढ हुन्छ र सामाजिक विकासमा ठूलो प्रभाव पार्छ,’ अध्यक्ष गर्बुजाले थप्नुभयो भन्नुभयो ।

 गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले स्थानीय पुस्तक आफ्नै भाषामा पठनपाठन गर्ने पाउँदा बालबालिकाहरुलाई सिक्न र बुझ्न सहज हुने बताउनुभयो । ‘यो पाठ्यक्रमले बालबालिकालाई केवल अक्षर चिन्न र पढ्न मात्र होइन, व्यवहारिक रुपमा आफ्नै समाज र संस्कार बुझ्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ’उहाँले भन्नुभयो । मालिकामा मगर बाहेक, दलित, ब्रह्माण, क्षेत्री, थकाली र गुरुङ समुदायको बसोबास छ । यसअघि म्याग्दीको रघुगंगा गाउँपालिकाले पनि मगर खाम भाषामा पठनपाठन शुरु गरेको थियो । बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाले यसअघिनै स्थानीय पुस्तक पठनपाठन गराउन थालेका थिए ।

 


प्रकाशित मिति: बुधबार, असार १७, २०८३  ०९:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP