शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • महिला पत्रकारको पञ्चासे भ्रमणः पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
महिला पत्रकारको पञ्चासे भ्रमणः पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार १८, २०८३
462eeb62-021b-4bf4-b6f4-4d1beb458d67
पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको सहयोगमा आयोजित दुईदिने ‘पञ्चासे पर्यटन प्रवर्द्धन कार्यक्रम’ सम्पन्न भएको छ । ‘पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य’ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा आबद्ध २१ जना महिला पत्रकारको सहभागिता रहेको थियो । पञ्चासे क्षेत्रको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी पत्रकारहरूले पञ्चासेका प्रमुख पर्यटकीय स्थल, स्थानीय होमस्टे, प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको अवलोकन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले महिला पत्रकारहरूको भ्रमणले पञ्चासे क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकारहरूले समाचार, लेख, फिचर तथा अन्य सञ्चार सामग्रीमार्फत पञ्चासेको सम्भावना व्यापक रूपमा उजागर गर्ने भएकाले यस कार्यक्रमले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कडेलले महिला पत्रकारहरूको क्षमता अभिवृद्धिसँगै पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस्ता अवलोकन भ्रमणले स्थानीय पर्यटनबारे प्रत्यक्ष जानकारी हासिल गर्न र त्यसलाई तथ्यपरक समाचार तथा फिचरमार्फत जनसमक्ष पुर्‍याउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । पञ्चासे होमस्टे समितिका सञ्चालक होमनाथ पौडेलले सञ्चारिका समूहको भ्रमणले पञ्चासे क्षेत्रको प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सञ्चारमाध्यममार्फत पञ्चासेको पहिचान विस्तार भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने, जसबाट स्थानीय पर्यटन व्यवसाय र समुदायको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो । भ्रमणका क्रममा सहभागी पत्रकारहरूले पञ्चासे क्षेत्रको पर्यटन सम्भावना, पूर्वाधार विकास, वातावरण संरक्षण, स्थानीय संस्कृति संरक्षण तथा पर्यटनमार्फत स्थानीय समुदायको आर्थिक समृद्धिका विषयमा समेत छलफल गरेका थिए । सहभागीहरूले पञ्चासेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र, स्थानीय समुदाय र सञ्चार क्षेत्रबीच थप समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले यस्ता प्रवर्द्धनात्मक कार्यक्रमले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान स्थापित गर्न तथा पर्यटन बजार विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशले पनि सञ्चारमाध्यममार्फत पञ्चासे क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  २१:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP