शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • वडा सदस्य गुरुङको निधन
वडा सदस्य गुरुङको निधन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार २०, २०८३
gurung
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का वडा सदस्य गर्भे गुरुङ(ओमबहादुर)को निधन भएको छ। महभीर निवासी ५५ वर्षीय गुरुङको शुक्रबार राति उपचारका क्रममा दरबाङ आधारभूत अस्पतालमा निधन भएको हो। घरमै शुक्रबार राति स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई उपचारका लागि मालिका गाउँपालिका–६,स्थित दरबाङ आधारभूत अस्पताल पुर्‍याइएको थियो। अस्पतालका सूचना अधिकारी यमन नेपालीका अनुसार राति करिब ११ः२० बजे अस्पताल ल्याइएका गुरुङको उपचारका क्रममा उच्च रक्तचापका कारण राति करिब ११ः३० बजे निधन भएको हो। ‘राति अबेर अस्पताल ल्याइएका गुरुङको उपचारका क्रममा उहाँको असामयिक निधन भयो,’ सूचना अधिकारी नेपालीले भन्नुभयो। गुरुङका आफन्त भतिजा याम गुरुङका अनुसार उहाँ लामो समयदेखि रक्तचापको औषधि सेवन गर्दै आउनुभएको थियो। वडा अध्यक्ष भेजेन्द्रमान पुनका अनुसार गुरुङ शुक्रबार वडा कार्यालयमा नियमित कामकाजका लागि आउनुभएको थियो। ‘केही समयअघि लडेर उहाँको देब्रे हात भाँचिएको थियो र शल्यक्रियामार्फत स्टिल राखिएको थियो। पछि स्टिल निकाल्न पोखराको अस्पताल जाँदा उच्च रक्तचापका कारण तत्काल शल्यक्रिया गर्न नमिल्ने भन्दै चिकित्सकले फर्काएको जानकारी उहाँले दिनुभएको थियो । आज यस्तो दुःखद खबर सुन्नुपर्‍यो। उहाँको निधनले वडा र समग्र समाजलाई अपूरणीय क्षति पुगेको छ,’ वडा अध्यक्ष पुनले दुःख व्यक्त गर्दै भन्नुभयो। गुरुङ नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निवार्चित हुनुभएको थियो ।
प्रकाशित मिति: शनिबार, असार २०, २०८३  ०८:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP