शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पोखरा–काठमाण्डौँमा दग्नाम वडा कार्यालयको घुम्ती सेवा
पोखरा–काठमाण्डौँमा दग्नाम वडा कार्यालयको घुम्ती सेवा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ ९, २०८३
Pkr7

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाम वडा कार्यालयले गाउँबाहिर बसोबास गर्दै आएका नागरिकलाई लक्षित गरी पोखरा र काठमाडौंमा सञ्चालन गरेको घुम्ती सेवा शिविरबाट १०१ जना सेवाग्राही लाभान्वित भएका छन् । वडा कार्यालयले पोखरामा सञ्चालन गरेको घुम्ती सेवा शिविरबाट ८४ जना नागरिकले विभिन्न प्रशासनिक सेवा लिएका छन् भने काठमाडौंमा सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता नवीकरण तथा अद्यावधिक सेवाबाट गाउँपालिकाअन्तर्गतका विभिन्न वडाका १७ जना सेवाग्राही लाभान्वित भएको वडा अध्यक्ष पविन गर्बुजाले जानकारी दिनुभयो ।

भदौ ६ र ७ गते पोखरा महानगरपालिका–२७ शान्तिदीपमा दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, विभिन्न सिफारिस, मालपोत तथा राजस्व र नागरिकता सिफारिसलगायत सेवा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरणतर्फ ४८ जना, नाता प्रमाणितमा ४ जना, पञ्जीकरणसम्बन्धी सेवामा ४ जना, विभिन्न सिफारिसमा ८ जना, मालपोत तथा राजस्वसम्बन्धी सेवामा १९ जना र नागरिकता सिफारिसमा १ जनाले सेवा लिएका थिए । त्यसैगरी काठमाडौंमा मंगलबार सञ्चालन गरिएको घुम्ती सेवामा रघुगंगा गाउँपालिका–८ का २ जना, वडा नं. ६ का ५ जना र वडा नं. ४ दग्नामका १० जना गरी १७ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले नवीकरण तथा अद्यावधिक सेवा लिएका छन् । मनसुनका कारण पहिरो तथा सडक अवरोध हुँदा गाउँसम्म पुगेर सेवा लिन कठिन हुने अवस्थालाई मध्यनजर गर्दै विशेषगरी ज्येष्ठ नागरिक, अशक्त तथा गाउँबाहिर बसोबास गर्ने सेवाग्राहीलाई सहज बनाउन शिविर सञ्चालन गरिएको वडा सचिव प्रताप केसीले जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्ता नवीकरण तथा अद्यावधिकलगायतका काम भदौ मसान्तभित्रै गर्नुपर्ने भएकाले पोखरा र काठमाडौंमा बसोबास गर्दै आएका नागरिकलाई उनीहरूकै बसोबासस्थलमा सेवा उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ । यसबाट सेवाग्राहीको आउजाउमा लाग्ने समय तथा यातायात खर्च बचत हुनुका साथै सेवा लिन गाउँ फर्किनुपर्ने बाध्यता कम भएको लाभग्राहीले बताएका छन् । दग्नाम–दर्मिजा समाज पोखराका सचिव फूलबहादुर गर्बुजाले शिविर सञ्चालनका लागि आवश्यक समन्वय तथा व्यवस्थापनमा सहयोग गर्नुभएको वडा कार्यालयले जनाएको छ । उक्त शिविरमा वडाध्यक्ष गर्बुजासहित जनप्रतिनिधि र कर्मचारी खटिएका थिए । गाउँबाहिर बसोबास गर्ने नागरिकको संख्या बढ्दै गएको अवस्थामा स्थानीय सरकारका सेवा उनीहरू रहेकै स्थानमा पु¥याउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गरिएको वडाध्यक्ष गर्बुजाले बताउनुभयो । नागरिकको आवश्यकता र सहभागिताका आधारमा आगामी दिनमा पोखरालगायत अन्य स्थानमा पनि यस्ता सेवा सञ्चालनलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १४:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP