शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउपालिकाको तातोपानी कुण्ड बन्द
अन्नपूर्ण गाउपालिकाको तातोपानी कुण्ड बन्द
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत ७, २०७६
vurung tatopani

बेनी,शुक्रबार चैत ०७ गते । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भित्रन नदिन म्याग्दीको अन्नपूर्ण गाउपालिकामा पर्ने पर्यटकीय स्थल पुनहिल भ्रमणमा रोक लगाउनुका साथै तातोपानी कुण्डहरु समेत बन्द गरिएको छ ।

अन्नपूर्ण गाउपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थित गाउपालिकाको कार्यालयमा बसेको कार्यपालिकाको बैठकले कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई आकलन गर्दै अर्को ब्यवस्था नहुँदा सम्मका लागि पर्यटकीय स्थल भ्रमणमा रोक लगाउने र तातोपानी कुण्ड बन्द गराउने निर्णय गरेको हो ।

भुरुङ्ग, पाउद्धार, रातोपानी र दोवाको सेकार्कु तातोपानी कुण्डमा स्नानका लागि बन्द गराउने निर्णय कार्यान्वयनका लागि ठेक्का लिएका ब्यवसायीहरुलाई शुक्रबारनै पत्राचार गरिएको गाउपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

पर्यटकीय स्थल पुनहिल भ्रमणका लागि पनि रोक लगाउने निर्णय भएको छ । यसैगरी कुनै पनि मेला, महोत्सव सञ्चालन नगर्ने निर्णय समेत भएको छ । विदेशी नागरिक र धेरै ठाउँका मानिसहरुको जमघट हुने पर्यटकीय स्थल र तातोपानी कुण्डहरुमा भिड लाग्छ ।

कुण्ड र पर्यटकीय स्थलमा आउने बिरामी तथा पर्यटकको माध्यमबाट कोरोना भित्रने जोखिमलाई मध्यनजर गर्दै सतर्कताका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य कार्यालयको परामर्शमा यस्तो निर्णय गरिएको आचार्यले बताउनुभयो ।

यसअघि बेनी नगरपालिका–४ सिंगाको तातोपानी कुण्ड बन्द गराउने निर्णय भएपछि बिरामीको अन्नपूर्ण गाउपालिकाका तातोपानी कुण्डमा चाप बढेको थियो । रघुगंगा गाउपालिकाको दर्मीजा, धवलागिरी गाउपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन् । यी कुण्डहरुमा पनि स्नान गरेर उपचारका लागि बिरामीहरु आउँछन् ।

सबै कुण्डहरु बन्द गराउन सम्बन्धित स्थानीय तहहरुलाई परिपत्र गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । कोरोनाको जोखिम हुने भएकाले स्थानीय प्रशासनले मेला, महोत्सव, सभा, समारोह आयोजना गर्न बन्द गराएको छ । कोरोनाबाट जोगिन सतर्कता अपनाइएको प्रअिज ढकालले बताउनुभयो ।


प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १९:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP