शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पहिरोका कारण गोरखाको चुमनुब्रीमा झोलुंगे पुल चुँडियो
पहिरोका कारण गोरखाको चुमनुब्रीमा झोलुंगे पुल चुँडियो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २०, २०७८
pul
गोरखा । पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका ६, ७ जोड्ने झोलुंगे पुल चुँडिएको छ। मंगलवार रातीको पहिरोले लोक्पास्थित डुयु खोला पुल भत्काउँदा पुल चुँडिएको स्थानीयले बताएका छन्। स्थानीय सरोज लामाका अनुसार पुल चुँडिएपछि चुम्चेत र छेकम्पार आउजाउमा समस्या भएको छ । ‘मंगलवार बिहानसम्म मानिस वारपार गरिरहेका थिए’, उहाँले भन्नुभयो ‘बुधवार बिहान त पुल पहिरोले बगाएछ ।’ पुल चुँडिदा खाद्यान्न बोकेर गएका खच्चड बाटैमा रोकिएका छन्। ‘चार–पाँच ग्रुप (४–,५० वटा) खच्चड पुल चुँडिदा खाद्यान्न सहित रोकिएका छन्’ लामाले भन्नुभयो। उक्त पुल १० वर्ष अघि कादुरी संस्थाले निर्माण गरेको थियो। पैदल हिड्नेहरु पुल नहुँदाको भीरको बाटो खोज्दै हिडेका छन्। भारी बोकेर भने उक्त बाटो आउजाउ गर्ने नमिल्ने लामाले बताउनुभयो । ‘१५ देखि १८ वटा बस्तीका मानिस त्यो पुलबाट आउजाउ गर्छन’ उहाँले भन्नुभयो ‘अब सदरमुकाम आउ–जाउ, खाद्यान्न ढुवानी गर्न पनि समस्या हुने भयो।’ सडक सञ्जाल नपुगेको त्यहाँ खच्चडबाट खाद्यान्न, निर्माण सामग्री ढुवानी गरिन्छ। खच्चड व्यवसायी कसरी सामाग्री गन्तब्यसम्म पुर्‍याउने भन्ने अन्यौलमा छन्। पुरानो बाटो खन्ने तयारी गरिरहेको लामाले बताउनुभयो । चुमनुब्री गाउँपालिकाले त्यहाँको अवस्थाबारे वडासँग जानकारी लिएर बैकल्पिक ब्यवस्था गर्ने जनाएको छ। गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भन्नुभयो ‘तत्कालका लागि बैकल्पिक बाटो खोल्ने अवस्था रहेछ भने गाउँपालिकाले सहयोग गर्छ, पुल दुईचार दिनमा बनाउन सक्ने अवस्था हुँदैन, त्यसका लागि पहल गर्छौँ।’ nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १४:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP