शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बाढीपहिरोले पुरियो मनाङको गंगापूर्ण हिमताल
बाढीपहिरोले पुरियो मनाङको गंगापूर्ण हिमताल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २१, २०७८
ff
पोखरा । असार पहिलो साताको बाढीपहिरोले हिमाली जिल्ला मनाङमा भौतिक क्षति निकै नै गर्‍यो । सडक, पुलपुलेसा, सरकारी, निजी भवन सहित स्थानीयको बासै उठाउने गरि क्षति गर्दा जनजीवन अझै पूर्ववत अवस्थामा फर्किन सकेको छैन । बाढीपहिरोले सर्वसाधारणलाई त उठिबास लगायो नै प्राकृतिक सम्पदामा पनि उत्तिकै क्षति गरेको छ । बाढीपहिरोले पूर्वाधार मात्र क्षति नगरी मनाङकै गहना मानिने गंगापूर्ण हिमतालमा पनि उत्तिकै नोक्सान पुर्‍याएको छ। अन्नपूर्ण फेरोको पदमार्गमा गएका सबैजसो पर्यटकले घुम्ने गंगापूर्ण हिमताल बाढीपहिरोका कारण सधैंका लागि हराउनेगरि जोखिममा परेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार गंगापूर्ण हिमताललाई जोगाउन पहल नगर्ने हो भने पर्यटन क्षेत्रमा निकै नै नोक्सान पुग्नेछ। पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार असार पहिलो साताको बाढीले तालमा एकाएक क्षति पुर्‍याएको हो। १५ वर्षमा पुरिने जति ताल यो पटक एकैरातमा पुरिएको उहाँले बताउनुभयो। ‘१५ वर्षमा जति ताल पुरिन्थ्यो, योपटक एकरातमै त्यत्ति बढी ताल पुरिएको छ,’ उहाँले भन्नुभयो, ‘लेदो र बालुवा बग्दै आएर ताल पुरिएको छ। तालको अस्तित्व नै जोखिममा परेको छ। तालको दायाँबायाँका डाँडाको पहिरो पनि तालमै खसेको छ।’ पहिलेको आकारमा ताल फर्काउन निकै नै सकस रहेको उहाँले बताउनुभयो। यो पटक ताल पुर्ने लेदो र बालुवा निकाल्न सकिएन भने गंगापूर्ण ताल सधैंका लागि हराउने चिन्ता रहेको उहाँले बताउनुभयो। ‘मनाङ उक्लेका स्वदेशी वा विदेशी पर्यटक गंगापूर्ण ताल नपुग्ने कोही हुँदैनन,’ उहाँले भन्नुभयो, ‘एकैरातको बाढीले सर्वत्र क्षति पुर्‍याएको छ। यसले ताललाई जोखिममा त पारेको छ नै मनाङको पर्यटन क्षेत्रलाई समेत नोक्सान गरेको छ।’ अन्नपूर्ण फेरोमा जाने हुन वा तिलिचो जाने पर्यटक गंगापूर्ण नघुमि फर्कदैनन्। मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्ने यो तालको मुख्य श्रोत गंगापूर्ण, अन्नपूर्ण चौथो र खाङखास काङ हिमालबाट पग्लेर बगेको पानी हो। गंगापूर्ण ३ हजार ५ सय ४० मिटर उचाईमा पर्छ। यसअघि यति भीषण पानी कहिल्यै नपर्दा ताल जोगिएकोमा यो पटक भने एकरातमै पुर्नेगरि लेदो बगेर आएको उहाँले बताउनुभयो।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार यो पटक गेग्रानले तालको ७० प्रतिशत भाग पुरेको छ। ‘अब त ३० प्रतिशत मात्र पानी बाँकी रहेको हाम्रो अनुमान छ। ताल पुरिन थालेको त वर्षौ भयो, तर यो आकारमा पुरिएको थिएन। अहिले त एकरातमै धेरै क्षेत्र पुरियो,’ गौतमले भने, ‘अब त खोला मात्र बगेको देखिन्छ। पानी संकलन भएको क्षेत्र पनि देखिन्न।’उहाँका अनुसार दुईदशक अघिसम्म ताल निकै नै सुन्दर थियो। वर्षायाममा केही मैलो हुने भएपनि यो पटक भने पुरिएरै सकिएको उहाँले बताउनुभयो । हिउँदमा यो ताल निकै नै सुन्दर देखिन्थ्यो। ‘पर्यटन क्षेत्रमा तालको निकै नै महत्व हो । तर, यो पटक तालको अस्तित्व नै संकटमा परेको छ,’ उहाँले भन्नुभयो, ‘मनाङ आएका पर्यटकको बसाई कम्तिमा एकदिन यही तालले बढाएको थियो । तर, अब ताल जोगाउन सकिएन भने यसले पर्यटन क्षेत्रमा निकै नै ठुलो मार पार्नेछ।’ यसअघि पनि बेलाबेला ताल हिमपहिरोको चपेटामा पर्दै आएकोमा अहिले भने बाढीले क्षति गरेको उहाँले बताउनुभयो। बाढीपहिरोले ताल नै जोखिममा पारेपछि तालको क्षेत्रफल बढाउन र पानीको सतह उकास्ने गरि पर्खाल बनाउनका लागि गाउँपालिकाले टेण्डर आव्हान गरेको छ । मनाङ ङिस्याङ गाउँपालिकाका इन्जिनियर उदय बास्तोलाका अनुसार यो ताल पहिला हिमपहिरो आउँदा पुरिने गरेको थियो । तर, यो पटक भने गेग्रान बगेर आउँदा एकैपटक बढी क्षति गरेको छ । अहिले ताल संरक्षण गर्न पर्यटन मन्त्रालय मार्फत चारकरोड रुपैयाँ आएको र त्यसले आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने र ताल पुर्ने गेग्रान निकाल्ने योजना अनुसार केहीदिन अघि मात्र टेण्डर आव्हान गरिएको बास्तोलाले जानकारी दिनुभयो । ‘दायाँबायाँका डाँडा समेत खसेर तालमै मिसिएको छ। यो पटक लेदो र बालुवाले तालको अधिकांश भाग पुरेको छ,’ बास्तोलाले भने, ‘ताल निकै नै संकटमा छ। बेलैमा जोगाउन नसक्ने हो भने गंगापूर्ण ताल सधैंका लागि हराउनेछ।’ उहाँका अनुसार यो बजेटले दुईवर्ष भित्र १९३ मिटर लामो ड्याम बन्नेछ। ड्यामको उचाई ३.५ मिटर हुनेछ। ड्याम बनाएर पानी थुनिँदा सतह २.५ मिटर बढ्नेछ। तालको क्षेत्रफल २१.८ हेक्टर रहेको छ। ‘एक्साभेटर लगाएर भएपनि तालभित्रको लेदो र बालवा निकाल्नुपर्छ । नत्र तालको सतह बढ्दैन,’ बास्तोलाले भन्नुभयो । तालको सिरान क्षेत्रमा रहेका दुईवटा चेकड्याम पनि मर्मतसम्भार हुने उहाँले बताउनुभयो । ‘एक्साभेटर लगेर थुप्रिएको बालुवा र लेदो निकाल्ने हो। डोकोमा बोकेर फ्याकेको भरमा सम्भव हुँदैन,’ उहाँले भन्नुभयो , ‘तालको सतह नै पुरिएर खोलाको बगर जस्तो बनेको छ। उहाँका अनुसार यो ड्याम माटो भरेर बनाइनेछ। ‘यत्ति ठुलो आकारमा यो तालका लागि कहिल्यै रकम खर्च भएको थिएन । केहीवर्ष अघि पर्खाल लगाउन थोरै रकम खर्च भएपनि ठुलो बजेट खर्चिन थालेको यो नै पहिलो पटक हो,’ उहाँले भन्नुभयो, ‘कति परिमाणमा लेदो वा बालुवा निस्कन्छ भन्ने यकिन पनि छैन।’ nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १६:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP