शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • रोल्पा अस्पतालमा शल्यक्रिया सेवा बन्द
रोल्पा अस्पतालमा शल्यक्रिया सेवा बन्द
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २१, २०७८
hospital
रोल्पा । साउन १ देखि रोल्पा अस्पतालमा सुत्केरी शल्यक्रिया सेवा बन्द भएको छ। केन्द्र सरकारको सहयोगमा केहि वर्ष यता सुरु भएको जटिल अवस्थाको प्रसुती सेवा (सिईओएनसि) कार्यक्रम बन्द भए संगै शल्यक्रिया सेवा पनि रोकिएको हो। शल्यक्रिया सेवा बन्द हुँदा साउनको १५ दिनमा अस्पतालले ३ जनालाई बाहिर जिल्ला रिफर गर्नु परेको छ। सिईओएनसि कार्यक्रम बन्द भएपछि शल्यक्रिया गर्नेबेलामा बेहोस बनाउने (एनेस्थेसिया) सहायक घरतिर लागेका छन्। अस्पतालका अनुसार जटिल अवस्थाका सुत्केरीहरु बाहिर जिल्ला रिफर गर्नु पर्ने अवस्था आएको छ। त्यसो त कतिपय महिलाहरु सेवा बन्द भएको जानकारी पाएका कारण अस्पताल नआएरै अन्य जिल्ला जाने गरेका छन्। ‘एनएसआईको कार्यक्रम आउने भएपछि पहिलेको कार्यक्रम बन्द भएको हो।’ रोल्पा अस्पताल प्रमुख डा।शबु काप्ले भन्छिन् ‘शल्यक्रिया सेवा अहिलेलाई अस्थायीरुपमा बन्द भएको हो। नयाँ कार्यक्रम प्रकृयामै छ भन्ने खबर छ। यो महिना त सेवा सुचारु हुदैन होला। अहिले जटिल केशहरु बाहिर जिल्ला रिफर गरिरहेका छौं।’ अस्पतालको तथ्याङ्क अनुसार गतसाल साउनमा रोल्पा अस्पतालमा ४७ जनाले सुत्केरी सेवा लिएकोमा १३ जनाको शल्यक्रिया गर्नु परेको थियो भने २ जनामा जटिलता देखिएको थियो। भदौमा ४४ सुत्केरी मध्य ११ जनाको शल्यक्रिया भएको थियो भने ३ जनामा जटिलता देखिएको थियो। अस्पताल बिकास समितिका अध्यक्ष फबिन्द्र आचार्यका अनुसार नयाँ कार्यक्रमसंग संझौता गर्दा साउनको सुरुबाटै कार्यक्रम सुरु गर्छौ भन्यो तर केन्द्र र प्रदेशमा प्रकृया पुरा नभएकाले ढिला भएको हो। उनका अनुसार भदौको पहिलो साता देखि अप्रेशन सेवा सुरु हुने सम्भावना छ। राज्यलाई साउनदेखि सेवा बन्द हुदै छ भन्ने पुर्व जानकारी थियो तर तुरुन्तै सेवा निरन्तरता दिने गरि अर्को कार्यक्रम संग संझौता अनि बिज्ञापन नगर्दा रोल्पालीले अनाहकमा दुख झेल्नु परेको छ। त्यसो त नेपालको स्वास्थ्य तथ्याङ्क हेर्दा साउन भदौ अलि धेरै सुत्केरी हुने महिना पर्दछन् तर पनि हरेक वर्ष यो सेवा प्रवाहमा जटिलता थपिईरहन्छ। जिल्लामा टोलटोलमा पार्टीका नेता छन्। हरेक पटकको सरकारमा रोल्पालीले अवसर पाईरहन्छन् तर स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा उनिहरुको नजर नपुग्ने गरेको रोल्पालीको गुनासो छ। प्रदेश सरकारमा रहेको रोल्पा अस्पतालको समस्या प्रति राजनितिक नेतृत्व जहिले पनि बेखबर जस्तै बन्ने गरेको छ। हालका उपराष्ट्रपती नन्दबहादुर पुन, पुर्व सभामुख कृष्णबहादुर महरा, पुर्व सभामुख ओनसरी घर्ती, पुर्वमन्त्री वर्षमान पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका दाबेदार कुलप्रसाद केसी, शिक्षा तथा स्वास्थ्य संसदिय समितिका सभापती जयपुरी घर्ती, नेकपाका महासचिव नेत्रबिक्रम चन्द, कांग्रेस जिल्ला सभापती तथा पुर्व मन्त्री अमरसिंह पुन, केपि ओलिका विश्वासपात्र गोकुल घर्ती लगायतका दर्जनौ केन्द्रिय नेता रहेको रोल्पामा प्रदेश र जिल्ला स्तरमा गनि नसक्नुका नेता छन्। तर संवेदनशिल विषयमा उनिहरु मौन प्राय रहने गर्दछन्। ‘चलिरहेको कार्यक्रम नै फेज आउट भएको रैछ।’ भर्खरै सरकारमा पुगेको नेपाली कांग्रेस रोल्पा सभापती अमरसिंह पुन भन्छन् ‘माथिल्लो स्तरमा कुरा गर्दैछौं। भोली राजधानी जाँदै छु। स्वास्थ्य मन्त्रीलाई भेटेर यो विषयमा कुरा हुन्छ। हामी स्वास्थ्यका विषयमा गम्भिर छौं।’ nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १६:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP