शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका शिशुको उद्धार
उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका शिशुको उद्धार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन २५, २०७८
bharat
काठमाडौं । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि अस्पतालले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको थियो । अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतबार राति नै थप उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पतालमा भर्ना गरिएको छ । बिर्तामोडका केही निजी अस्पतालले बच्चालाई राख्ने आइसियु कक्षा नभएको भन्दै शिशुलाई फर्काइदिएपछि बिएन्डसी अस्पताल लगिएको थियो । सिलिगुडीको अस्पतालले उपचारमा लागेको छ लाख ८०० भुक्तानी नगरेसम्म बच्चा लैजान नदिने भन्दै शिशुलाई बन्धक बनाउँदै आएको थियो । अस्पतालले उपचारमा चार लाख ६८ हजार र औषधितर्फ एक लाख ३२ हजार ८०० बिल देखाएको छ । शिशुकी आमा शर्मिलाले पारामाउन्ट अस्पतालमा अहिलेसम्म दुई लाख ८८ हजार बुझाइसकेको बताए । अब सो अस्पताललाई तीन लाख १२ हजार बुझाउन बाँकी छ । “चौधरी परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा छुट गरेर बच्चा फिर्ता दिन धेरै आग्रह ग¥यौँ, तर अस्पतालले मानेन,” शिशु फिर्ता गराउन रकम तिर्ने कागजमा सही गर्नुभएका पत्रकार काजीले भने, “अरु केही उपाय नलागेपछि १५ दिनभित्र रकम बुझाउने कबुलियतनामामा सही गरेर शिशुको उद्धार गरेका छौँ ।” उपचारको रकम असुल्न आमाबुबालाई घर पठाएर चार महिनाको शिशुलाई बन्धक बनाएर दैनिक बिल बढाउने अमानवीय कार्य सो अस्पतालले गरेको पत्रकार काजीले बताए । अस्पतालका वरिष्ठ व्यवस्थापक पिन्टु रुस्तागीले तोकिएको समयमै बक्यौता नबुझाएमा घरसम्मै रकम असुल्न आउने चेतावनी दिँदै नागरिकता प्रमाणपत्रको प्रतिलिपिसमेत राखेको उनले बताए । अस्पतालले बच्चा फिर्ता दिँदा अक्सिजन सपोर्टमै राखिएको थियो । शल्यक्रिया गरेपछि पेट तथा पिसाब नलीमा लगाइएको पाइप नखुस्काइएका कारण बच्चाको अवस्था अझै पनि गम्भीर छ । गरिबीका कारण नेपालमा भइरहेको उपचारको खर्चसमेत बेहोर्न सक्ने चौधरी परिवारसँग आर्थिक क्षमता छैन । राससमा आइतबार शिशु बन्धक बनेको समाचार प्रकाशित भएपछि विभिन्न सञ्चारमाध्यममा समेत सोही समाचार प्रकाशित भएको थियो । शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दातासँग अपिल गरेको छ । भारत जानुअघि नेपालका विभिन्न अस्पतालमा शिशुको उपचार गराउँदा ५० हजार खर्च भएको उनले बताए । अस्पतालमा अहिलेसम्म परिवारले बुझाएको दुई लाख ८८ हजारमध्ये ५४ हजार चन्दा सङ्कलनबाट जुटेको र बाँकी रकम परिवारले ऋण काढेर ल्याएको हो । नागरिक खबरबाट
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १०:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP