शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई भेटेर विद्यार्थी संगठनहरूले भने-विद्यार्थीलाई तत्काल कोरोना खोप दिइयोस्
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई भेटेर विद्यार्थी संगठनहरूले भने-विद्यार्थीलाई तत्काल कोरोना खोप दिइयोस्
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन २५, २०७८
student
काठमाडौं । सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप तत्काल लगाउन माग गरेका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले विद्यार्थीलाई कोरोना खोप दिन माग गरेका हुन्। ‘देशभरका सबै परीक्षा केन्द्र र तोकिएका स्थानमा सबै विद्यार्थीलाई प्रवेश पत्रका देखाएर खोप लगाउने व्यवस्था गर्न माग गर्दछौं,’ राज्यमन्त्री श्रेष्ठलाई विद्यार्थी संगठनले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । विद्यार्थी संगठनहरूले खोप लगाएपछि मात्रै परीक्षा लिन आग्रह गरे पनि त्रिविलगायतमा परीक्षा जारी नै छ। नेविसंघ महामन्त्री दीपक भट्टराईका अनुसार कोरोना संक्रमण दिनानुदिन वृद्धि भइरहेकोले खोप लगाएर मात्रै परीक्षा सञ्चालन गर्न स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको हो। ‘खोप लगाउन बारम्बार माग गरेपनि सरकारले सुनेको छैन। विद्यार्थीलाई कोरोना खोप लगाएर मात्रै परीक्षाको व्यवस्था गर्न पुनस् माग गर्दछौं,’ उहाँले भन्नुभयो। स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोरोना खोप लगाउनु भएको बताउनुभयो। विद्यार्थीलाई खोप लगाउने सम्बन्धमा मन्त्रालयमा कुराकानी गरेर दुई दिनपछि खबर गर्ने उहाँले बताउनुभयो। असोजभित्र खोप लगाइसकिने उहाँको दाबी थियो। सेतोपाटीबाट
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १६:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP