शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या
प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन २६, २०७८
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम सम्बन्धमा थिए । डेढ वर्षदेखि चलेको उनीहरूबीचको प्रेम सम्बन्ध वियोगान्त बनेको छ । साउन २३ मा विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आत्महत्या गरिन् । घरको बलोमा सलले पासो लागेर उनले आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले विष्णु देव पंजियारलाई नियन्त्रणमा लिएको छ । २४ वर्षका विष्णु देव पंजियारलाई पक्राउ गरेर ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ मुद्दामा अनुसन्धान भइरहेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । एसपी बोहराले भने–‘डेढ वर्षदेखि उनीहरूको बीचमा चिनजान र सम्बन्ध रहेको थाहा भएको छ ।’ विष्णु देव नेपाल विद्युत् प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत थिए । इलेक्ट्रिसियन पदमा कार्यरत पंजियारसँग ३१ वर्षीया सावित्रासँग त्यहीँ चिनजान भएको थियो । मृतकका बुवा देव नारायण चौधरीले पंजियारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुर गरेका छन् । मृतकको बुवाको उजुरीपछि आइतबार राति विष्णुदेवलाई प्रहरीले पक्राउ गरेको हो । तमसुकले रोकेन आत्महत्या विष्णु देव र सावित्राले ०७८ साउन १९ मा ‘श्रीमान् श्रीमतीको हैसियतमा बस्ने र लगन आएपछि विवाह गर्ने’ तमसुक गरेका रहेछन् । तर, कानुन व्यवसायी राखेर पाँच दिनअघि गरेको तमसुकले सावित्राको आत्महत्यालाई रोक्न सकेन । साउन २२ मा प्रेमीको घरमा जाँदा त्यहाँ अर्की युवती पनि देखेपछि सावित्रा बेचैन भइन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार विष्णु देव र अर्की युवतीको बिचमा पनि पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेछ । सो सम्बन्ध थाहा पाएपछि सावित्राले आफूलाई सम्हाल्न सकिनन् र आत्महत्याको बाटो रोजिन । मुलुकी अपराध संहिता–२०७४ को दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनसम्बन्धी कसुर गरेमा कैद र जरिवाना हुने कानुनी व्यवस्था छ । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १४:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP