शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै हेटौंडाको वन विज्ञान क्याम्पसमा तालाबन्दी
अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै हेटौंडाको वन विज्ञान क्याम्पसमा तालाबन्दी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन २६, २०७८
2
काठमाडौं । अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै वन विज्ञान अध्ययन संस्थान हेटौंडाको डिन कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएकाले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन नगर्न माग गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (क्रान्तिकारी) ले डीन कार्यालयमा मंगलबारबाट अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् । साउन १४ र १५ गते संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएका आधारभूतमाग क्याम्पस प्रशासनले सम्बोधन नगरेको र अहिलेको विषम परिस्थितिमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने वातावरण नरहेको संयुक्त विद्यार्थी संगठनले जनाएका छन् । संयुक्त विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालसालै १० जनाभन्दा बढी विद्यार्थीमा कोरोना संक्रमण देखिएको र सो दर बढ्ने क्रममा रहेका परिवेशमा म्याम्पस प्रशासन आफ्नो जिम्मेवारीबाट पन्छिएको र डिन कार्यालयले यस्तो भयावह अवस्थामा विद्यार्थीको स्वास्थ्य अवस्था बेवास्ता गरी भौतिक उपस्थितिमा परीक्षा जस्तोसुकै अवस्थामा गराउने अभिव्यक्ति दिएकोमा हाम्रो घोर आपत्ति रहेको छ ।’उनीहरुले लिखित सम्झौता गरेर माग पूरा नभएसम्म डिन कार्यालयमा तालाबन्दी गरिने बताएका छन् ।onlinekhabar
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १६:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP