शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कास्कीमा ८७ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
कास्कीमा ८७ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २७, २०७८
कास्की । जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् । कोरोना निवारणका लागि कार्यस्थलमा खटेका, लक्षित वर्ग र विभिन्न उमेर समूहका व्यक्तिलाई प्राथमिकता दिएर खोप लगाइएको कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो। एक मात्रामात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप २५ हजार जनाले लगाएका छन् । उक्त खोप २५ हजार १५० मात्रा प्राप्त भएकामा १५० खोप वैदेशिक रोजगारीमा जानेहरूका लागि लक्ष्य गरी सुरक्षित राखिएको छ । यसैगरी भेरोसेलको पहिलो मात्रा लगाउने ४६ हजार ५०० रहेकामा ४६ हजार ९६० ले दोस्रो मात्रा लगाइसकेका छन् । अन्यत्र पहिलो मात्रा लगाएका ४६० जनालाई पनि दोस्रो मात्रा लगाइएको थियो । पाँच महिनापछि कोभिसिल्डको दोस्रो मात्रा जिल्लामा गत फागुनको अन्तिम साता कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका ३२ हजारलाई पाँच महिनापछि दोस्रो मात्राको खोप दिन लागिएको छ । दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष र सोभन्दा माथिका उमेर समूहका लागि अस्ट्राजेनिकाको खोप दिइने उहाँले जानकारी दिनुभयो। कार्यालय प्रमुख आचार्यले भने, “हामीलाई अस्ट्राजेनिकाको ३२ हजार मात्रा खोप प्राप्त भइसकेको छ । अहिले भेरोसेलको दोस्रो डोज लगाउने कार्यक्रम चलिरहेकाले कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई केही दिनमै दोस्रो डोज दिन शुरु गर्दैछौँ ।” रासस
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १३:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP