शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मोटरसाइकलसहित भिरबाट खसेर एक जनाको मृत्यु
मोटरसाइकलसहित भिरबाट खसेर एक जनाको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २७, २०७८
ओखलढुंगा । ओखलढुङ्गामा मोटरसाइकलसहित भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–७ बिगुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का युवक समान्य घाइते भएका छन् । मंगलबार राति बिगुटार–रामपुर सडकखण्ड अन्तर्गत फन्पुमा लु ६५प ८०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुको सोलु दुधकुन्ड नगरपालिका–१ का २८ वर्षीय नुरु छिरिङ शेर्पाको मृत्यु भएको हो । मध्यरात मादक पदार्थ खोजी गर्न निस्केका उनीहरु दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रोहितकुमार शर्माले जानकारी दिनुभयो ।सोलुखुम्बुबाट साथीको घरमा आएका उनीहरुले राति अबेरसम्म मादक पदार्थ सेवन गरेको र अपुग भएपछि रामपुरतर्फ मादक पदार्थ खोजी गर्न जाने क्रममा दुर्घटनामा परेको प्रहरी निरीक्षक शर्माको भनाइ छ । प्रहरीका अनुसार कच्ची तथा हिलाम्मे बाटोमा बिना हेलमेट हिँडेका उनीहरु फन्पुमा पुगेपछि बाइक चिप्लिएको र पछाडि बसेका साथी सडकमै खसेका थिए । तर मोटरसाइकल चालक शेर्पा भने मोटरसाइकलसहित करिब ३ सय मिटर तल भिरबाट खसेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो। मृतक शेर्पाको शवलाई बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले डोरी लगाएर निकालेका थिए । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १७:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP