शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • भारतमा पहिरोमा धेरै सवारीसाधन पुरिए, कम्तीमा १३ जनाको मृत्यु
भारतमा पहिरोमा धेरै सवारीसाधन पुरिए, कम्तीमा १३ जनाको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २८, २०७८
1
एजेन्सी । भारतको हिमाचल प्रदेशमा एउटा राजमार्गमा गाडीहरूमाथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू पुरिएका छन्। बुधवार डाँडाबाट खसेका ढुङ्गामाटोहरू एउटा ट्रक, एउटा बस र केही साना सवारीसाधनमाथि बज्रिएका थिए। सरकारी अधिकारीहरूका अनुसार ढुङ्गामाटो खस्न नरोकिएकाले उद्धारकार्य प्रभावित भएको छ। भारतमा यो वर्ष मनसुनमा असामान्य रूपमा धेरै वर्षा भएकाले धेरै ठाउँ बाढी र भूस्खलनबाट प्रभावित भएका छन्। बुधवार किन्नौर जिल्लामा भएको घटनामा १० जनाको जीवित उद्धार गरिएको छ। झन्डै ३० जना अझै पहिरोमा पुरिएको आशङ्का गरिएको स्थानीय विवरणहरूमा उल्लेख छ। भारत-तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरीहरू उद्धारकार्यमा परिचालित भएका छन्। एक स्थानीयवासी अबिद हुसैनले उद्धाराक‍ार्य राति पनि चलोस् भन्ने अपेक्षा गरेको समाचारसंस्था रोएटर्सलाई बताए। गत महिना हिमाचल प्रदेशमै एउटा डाँडाबाट अचानक ढुङ्गामाटो खस्दा एउटा यात्रुवाहक बसमा चढेका नौ पर्यटकको मृत्यु भएको थियो। यो वर्ष पश्चिम भारतको महाराष्ट्रमा ठूलो वर्षा भएपछि सयौँ गाउँहरू जलमग्न भएका थिए। बाढी पहिरोमा परेर भारतमा यो वर्ष मात्र कम्तीमा १३६ जनाको मृत्यु भएको बताइन्छ। बीबीसीबाट
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १२:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP