शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बाराको आधाभार जंगलमा ट्रकको ठक्करबाट एक हात्ती घाइते
बाराको आधाभार जंगलमा ट्रकको ठक्करबाट एक हात्ती घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, साउन २९, २०७८
hatti
वीरगञ्ज । बारामा कन्टेनर बोकेको ट्रकको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको एउटा हात्ती घाइते भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधाभार जंगलमा बिहीबार राति ८:५० बजे मेनकाकलीलाई ट्रकले ठक्कर दिएको हो । मेनकाकली ६५ वर्षकी भइसकेकी छिन् । ना ५ ख ३५५७ नम्बरको ट्रकको ठक्करबाट हात्तीको माहुते ३२ वर्षीय पवन सिंह पनि घाइते भएका छन् । उनलाई सिमराको अल्पाईन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ । घाईते हात्ती पछि आफैं उठेर हात्तीसारतिर गएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो। ‘पानी परेको समयमा राति कन्टेनरले हात्तीलाई ठक्कर दिएछ । हात्ती र माहुते दुवै घाइते थिए ।’ उहाँले भन्नुभयो ‘ ३ घण्टापछि हात्ती विस्तारै आफैं उठिन र हिँड्न थालेकी थिइन् ।’ कन्टेनर चालक मकवानपुर थाहा नगरपालिका– १ बस्ने सञ्जित वाईवालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नेपाली सेनाको सिद्धिबक्स गण आधाभारमा पठाइएको उनले जानकारी दिनुभयो । आधाभार जंगल क्षेत्रको राजमार्गमा रातको समयमा विभिन्न जंगली जनावार समेत ओहोरदोहोर गर्ने हुँदा दुर्घटनामा पर्ने गरेका छन् । पथलैया–अम्लेखगञ्ज सडक खण्डमा ०७७ पुसमा कारको ठक्करबाट पाटे बाघको मृत्यु भएको थियो । निकुञ्जका अनुसार रेडिकलर जडान गरिएको बाघको नियमित अनुगमन गर्ने क्रममा २ ओटा हात्ती विस्तारित क्षेत्र पुगेर फर्केका थिए । त्यसक्रममा हात्तीलाई कन्टेनरले ठक्कर दिएको हो । निकुञ्जका प्रमुख मनोज साहले सवारी चालकको लापरबाहीले दुर्घटना भएको बताउनुभयो । ‘हात्तीको पछाडीको भागमा चोट लागेको छ, चितवनबाट आएका पशु चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।’ उहाँले भन्नुभयो ‘सडकमा त्यति ठूलो हात्तीलाई नदेख्ने चालकले कसरी गाडी चलाउँछन खै रु सवारी चालकको लापरबाहीले दुर्घटना भएको हो । ’ संरक्षित जनवार हात्तीलाई ठक्कर दिने ट्रक चालकलाई राष्ट्रिय निकुञ्ज ऐन अनुसार कारबाहीका लागि बारा जिल्ला अदालतमा पेश गरिने प्रमुख संरक्षण अधिकृत साहले बताउनुभयो । अनलाइनखबरबाट
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १५:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP