शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पोखरामा कार दुर्घटना हुँदा चालकको मृत्यु
पोखरामा कार दुर्घटना हुँदा चालकको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन ३१, २०७८
कास्की । पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो । उक्त दुर्घटनामा कार चालक केसीको मृत्यु भएको र दुई जना महिलाहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ । कार दुर्घटनामा परी गम्भिर घाइते भएका केसीलाई प्रहरीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक दीपक केसीले बताउनुभयो । दुर्घटनामा परि मृत्यु भएका केसी पोखरा न्यूरोडस्थित पद्यम डेन्टल होम प्रालिका सञ्चालक हुन् । उनी विगत २ दशकदेखि पोखरामा स्वास्थ्य व्यवसायमा आबद्ध रहदै आएका थिए । मृतक केसी व्यवसायसँगै विभिन्न सामाजिक संघ–संस्थाहरुमा समेत आबद्ध रहेका थिए । दुर्घटनामा घाइते भएका सपना घोताने र किरण अर्यालको उद्धार गरी सहारा हस्पिटल पोखरामा पठाइएको प्रहरी निरिक्षक केसीले बताउनुभयो । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १४:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP