शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बैतडीमा सवारी दुर्घटना : एक वर्षमा ३४ जनाको मृत्यु
बैतडीमा सवारी दुर्घटना : एक वर्षमा ३४ जनाको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन ३१, २०७८
बैतडी । सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गत आर्थिक वर्षमा कात्तिकमा तीन, पुसमा पाँच, माघमा एक, वैशाख र असारमा दुई÷दुई सवारी दुर्घटना भएका छन् । ती सवारी दुर्घटनामा परेर ७८ व्यक्ति घाइते भएका छन् । चौध सवारी दुर्घटनामध्ये ११ कच्ची सडकमा भएका छन् । ग्रामीण कच्ची सडकमा बढी दुर्घटना भएको पाइएको छ । ग्रामीण कच्ची सडक गुणस्तरीय नहुनु, मोडमा समस्या हुनु, अनुभवी चालक नहुनु लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका छन् । सवारी कारबाहीबाट २५ लाख राजस्व सङ्कलन जिल्लामा गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन कारबाहीबाट रु २५ लाख बढी राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र रावलका अनुसार चार हजार ३४३ सवारीसाधन कारबाहीबाट रु २५ लाख २५ हजार राजस्व सङ्कलन भएको हो । गत आर्थिक वर्षमा ८६६ ट्रक, दुई हजार १२१ जिप, कार र भ्यान, ३७४ ट्रयाक्टर, ८३८ मोटरसाइकल, ३० टेम्पो तथा अन्य सवारीसाधन कारवाहीमा परेका हुन् । रासस
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १५:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP