शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याइ पिउन बाध्य छन् तुम्कोटबासी
एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याइ पिउन बाध्य छन् तुम्कोटबासी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ १, २०७८
pani
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् । पानीको मुहान बाढीले बगाएपछि उनीहरू एक घण्टा हिँडेर नदीको पानी ल्याइ पिउन बाध्य भएका हुन् । गत साउन २० गते गएको बाढीले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि खानेपानीका लागि स्थानीयवासीले दुःख झेल्दै आएका छन् । तुम्कोटका स्थानीय बासिन्दा थुप्देन ग्याण्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाइप लाइन बगाएर लगेपछि गाउँबाट एक घण्टा तलको तुम्कोट नदीबाट पानी बोकेर ल्याउनुपरेको बताउनुभयो । घर आँगनमै भएका धारामा पानी आउन छाडेपछि घरका एक जनाको काम दैनिक पानी ओसार्ने मात्र छ । खानेपानी योजनामा बाढीले क्षति पुर्‍याएपछि नदीको धमिलो पानी प्रयोग गर्न स्थानीय बासिन्दा बाध्य हुँदै आएका छन् । बिहान सबेरै उठेर तुम्कोटका स्थानीयवासीको लाइन लागेर खानेपानी ओसार्ने दैनिकी बनेको छ । यसबाट तुम्कोटका २५ घरधुरीका स्थानीयवासी प्रभावित भएका छन् । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक दन्त शाहीले तुम्कोट गाउँको भित्र मुहानबाट निर्माण भएको फुइसिङ खानेपानी तथा सरसफाइ योजना बाढी पहिराले बगाएर लगेपछि गाउँमा खानेपानीको समस्या भएको बताउनुभयो ।रासस
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ११:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP