शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • काबुलबाट थप ४३७ नेपालीलाई उद्धार गरी बेलायत पुर्‍याइयो
काबुलबाट थप ४३७ नेपालीलाई उद्धार गरी बेलायत पुर्‍याइयो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ २, २०७८
kabul return
काठमाडौँ । ब्रिटिस सेनाले बेलायती कम्पनीमार्फत काबुलमा कार्यरत ४ सय ३७ नेपालीलाई उद्धार गरी बेलायत लगेको छ । बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमा दुबई हुँदै बेलायत पुर्‍याइएको हो । ‘हाम्रा साथीहरूलाई मंगलबार बिहानदेखि नै काबुल विमानस्थलबाट ब्रिटिस सेनाले लैजान थालेको हो । मेरो चौथो लटमा मंगलबार तीन बजे मात्रै पालो आयो । त्यसपछि दुबईको विमानस्थलमा ल्याएर एक छिन राख्यो । अहिले बेलायत ल्याइपुर्‍याएको छ,’ एक नेपाली सुरक्षा गार्डले भन्नुभयो, ‘अब यहाँबाट होटल लैजाने कुरा छ । मभन्दा अगाडि उडेका साथीहरू पनि होटलमै छन् । त्यसपछि नियमित उडानमार्फत काठमाडौं पठाउने सुनेका छौं ।’उहाँले अफगानिस्तान छोड्न चाहने अफगान शरणार्थीसँगै आफूहरूलाई सेनाको विशेष विमानमार्फत काबुलबाट ल्याइएको बताउनुभयो । ‘हामी बस्ने जहाजमा सिट थिएन । भुइँमा पलेटी मारेर आएका हौं,’ उहाँले भन्नुभयो, ‘यस्तो बेला काबुलबाट सकुशल निस्कन पाउनु नै ठूलो भएको छ ।’ उहाँका अनुसार ब्रिटिस सेनाले बेलायती, जर्मन, जापानी, क्यानडाली कम्पनी तथा अन्तर्राष्ट्रिय दातृ निकायमा कार्यरत नेपालीको उद्धार गरेको छ । ‘दुबई आइसकेपछि उतैबाट काठमाडौं पठाइदिएको भए हुन्थ्यो । दुबईमा व्यवस्थापन गर्न कठिन भएकाले सबैलाई बेलायत नै लिएर आएको छ,’ उहाँले भन्नुभयो । यसअघि उनीहरूको टोली काबुल विमानस्थलनजिकैको होटलमा आएर बसेको थियो । होटल छोड्न तालिबानले आदेश दिएपछि विमानस्थलभित्र रहेको सैन्य परिसरमा बस्नुपरेको उहाँले बताउनुभयो। ‘तालिबानकै सहयोगमा विमानस्थलसम्म आउन सम्भव भयो । उनीहरूले मानवीय सहयोग देखाए,’ उहाँले भन्नुभयो। यसअघि अमेरिकी दूतावासमा परिसरमा कार्यरत ३८५ नेपालीलाई उद्धार गरी दोहा र कुवेत लगिएको थियो । तीमध्ये ११८ जना नेपाल आइसकेका छन् । काबुलस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र अन्य कूटनीतिक क्षेत्रमा खटिएका नेपाली सुरक्षा गार्डको अवस्था अझै सार्वजनिक भइसकेको छैन । यो टोलीले काबुल छाडेको वा कार्यालयमा सुरक्षा दिइरहेको भन्ने खुलेको छैन । ekantipurबाट
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १०:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP