शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ठाडो खोलामा आएको बाढीले बडिगाडको २७ घरमा क्षती
ठाडो खोलामा आएको बाढीले बडिगाडको २७ घरमा क्षती
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ २, २०७८
badigad
बुर्तिबाङ । केही दिनदेखिको निरन्तर वर्षाका कारण ठाडो खोलामा आएको भलसहित बाढीले बडिगाडका २७ घरमा क्षति पु¥याएको छ । गाउँपालिकाको वडा नम्बर ९ स्थित भाते खोलामा भल सँगैको बाढीले दर्जनौ घरमा क्षति पु¥याउनुका साथै सडक, खानेपानी अवरुद्ध भएको बताइएको छ । ठाडो खोलामा आएको भल बस्तीमा पसेपछि लाखौँको क्षती भएको स्थानीयले बताएका छन् । स्थानीय टोप बहादुर पुनको पसलमा भल पस्दा ५ लाख बराबरको क्षती भएको बताइएको छ । अर्का स्थानीय पुर्ण बहादुर घर्तीको खाजा पसल, हिरा बहादुर केसी, कुल बहादुर केसी, जित बहादुर क्षेत्री, सुर्य बहादुर केसी, मिठ बहादुर केसी लगाएतको खेतमा लगाइएको धान भलसँगैको बाढीले नष्ट पारेको छ । यस्तै स्थानीयले प्रयोग गर्दै आइरहको बल्घास–मैदाले खानेपानी आयोजनामा पनि क्षति पुगेको वडा अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिनुभयो मध्यरातमा बाढी आएकाले स्थानिय रातभर जागराम बस्न बाध्य भएका थिए । सो स्थानमा भएको क्षतीको खबर पाउनै बित्तिकै गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको टोली क्षेतिग्रस्त क्षेत्रमा पुगी अनुगमन गरेको छ । अबरुद्ध सडक गाउँपालिकाको डोजर सञ्चालन गरी तत्काल सफा गर्ने, खानेपनीको मर्मत गर्ने लगाएतका निर्णय भएको अध्यक्ष पाइजाले बताउनुभयो । प्राकृतिक विपत्तिमा परेका पीडित परिवारको राहतका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने पाइजाको भनाई छ । घर, पसल, खेतमा भएको क्षती लगाएतका बिषयमा स्थानीयसँग अन्तरक्रिया गरी समस्या समधानको बाटो खोजिने उहाँले बताउनुभयो । baglungबाट
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  ११:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP