शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अफगानिस्तानबाट आज ६१ जना नेपाली काठमाडौं आइपुगे
अफगानिस्तानबाट आज ६१ जना नेपाली काठमाडौं आइपुगे
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ २, २०७८
duf
काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ जना नेपाल फर्किएका छन् । उनीहरु आज बिहान सवा नौ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । ‘अफगानिस्तानबाट लण्डन, लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट ६१ जना आज बिहान काठमाडौं आइपुगेका छन्,’ प्रवक्ता क्षेत्रीले भन्नुभयो । उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण लगायत प्रक्रिया पूरा गरी घर पठाइने छ ।मंगलबार दिउँसो ११८ जना र राति ८७ जना नेपाली जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट कुवेत हुँदै काठमाडौं आएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेपाल फर्किन चाहेको भन्दै २५६ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको बेभसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र हृवाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ । ती नम्बरमा कन्सुलर सेवा विभागको ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ र नेपाली दूतावास नयाँ दिल्लीको ८९२९६०१९२५ छन् । ती नम्बरको प्रयोग गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ । उद्धारको पखाईमा रहेका नेपालीलाई उद्धार नहुँदासम्म सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । उद्धार गर्ने कार्यमा संस्थागत रुपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिक पठाउने वैदेशिक रोजगार व्यवसायीलाई उद्धार प्रक्रिया सहयोग गर्न आग्रह गरिएको छ । अनलाइनखबरबाट
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  ११:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP