शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कोरोना महामारी नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन
कोरोना महामारी नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ ३, २०७८
काठमाडा‌ैँ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्नुभएको छ । कोरोना महामारीको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सह–उपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंह र सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनी रहेका छन् । यस्तै उच्च स्तरीय समितिको सदस्यहरुमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. रामपदारथ बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा. वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका भरत भट्टराई, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्टेन्ट डा. रुद्र मरासिनी छन् । के कार्य गर्छ ? १. कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित अन्तर्राष्ट्रिय सीमा नाकामा हेल्थ डेस्क सञ्चालन, ट्रेसिङ, क्वारेन्टिन, टेस्टिङ, आइसोलेसन, उपचार व्यवस्थापन, खोप आूर्ति तथा अभियान सञ्चालन, औषधि, औजाररउपकरण खरिद तथा आपूर्ति व्यवास्थपन लगायतका विषयमा नीतिगत निर्णय गर्ने । २. कोभिड बाहेकका नियमित तथा अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहलाई सुचारु गर्न आवश्यक नीतिगत निर्णय गर्ने । ३. सबै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने । ४. आर्थिक तथा मानव स्रोत परिचालन गर्न आवश्यक निर्णयहरु गर्ने र कार्यान्वयनका लागि सहजीकरण गर्ने । ५. सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत निर्णय गर्ने । ६. दातृ निकाय, विकास साझेदार, अन्तर्राष्ट्रिय संघसंस्था, गैरसरकारी निकाय, निजी संघसंस्थासँग समन्वय गरी प्राविधिक तथा आर्थिक सहयोगलाई उपलब्धिमूलक ढंगले परिचालन गर्ने । ७. विषय विज्ञहरु सम्मेलित विज्ञ समूह गठन गरी प्राविधिक विषयमा सरसल्लाह र सुझाव लिने । ८.कम्तीमा हप्ताको दुई पटक बैठक बसी कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण र नियमित स्वास्थ्य सेवा प्रवाह सम्बन्धी उत्पन्न समस्हरुको समाधान गर्ने । अनलाइनखबरबाट
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १५:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP