शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा डुबेर ४ जनाको मृत्यु
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा डुबेर ४ जनाको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ६, २०७८
काठमाडौँ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ । रुकुम (पश्चिम) मा दुई जनाको , नवलपरासी (पश्चिम ) र रुपन्देहीमा एक एक जना सहित चार जनाको पानीमा डुबेर मृत्यु भएको हो । प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष ) ले सम्प्रेषण गरेको सूचना अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–१ सल्ले बस्ने २१ वर्षीय भीम बहादुर थापा र १७ वर्षीय प्रेम बहादुर थापाको मृत्यु भएको हो । त्यस्तै रुपन्देहीको सैन मैना नगरपालिका–३ पश्चिम गंगानगर घमाह खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–२ कालिकाचोक बस्ने १७ वर्षीय अनिल गैरेको मृत्यु भएको छ । उता नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ कुईया बस्ने ३५ वर्षीय पशुपति चौधरी सोही नगरपालिका पण्डितपुरस्थित पोखरीमा शव डुबेको अवस्थामा शनिबार फेला परेको छ । त्यस्तै बाँके जिल्लामा एक जना बेवारिसे पुरुषको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कस्थित नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जको भित्र गाडी पार्किङ गर्ने स्थानको प्रतीक्षालयमा नाम, थर, ठेगाना नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीबाट प्राप्त सूचनामा उल्लेख छ । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १५:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP