शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मुम्बईमा रेलको ठक्करबाट घाइते भएकी नेपाली युवतीको मृत्यु
मुम्बईमा रेलको ठक्करबाट घाइते भएकी नेपाली युवतीको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ ७, २०७८
काठमाडौं । भारतको मुम्बईमा एक नेपाली युवतीको रेलको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया कालु परियार रहेको भारतीय मिडियाहरुले जनाएका छन् । रेलको लिकमा मोबाइल फोन हराएपछि खोजिरहेको बेला तीव्र गतिमा आएको रेलले उनलाई ठक्कर दिएको र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ । घटना भएको एक महिनापछि उनको शव परिवारका सदस्यलाई जिम्मा लगाइएको सरकारी रेल्वे प्रहरी (जीआरपी)ले जनाएको छ । घटना २२ जुलाई (साउन ७ गते) को दिन सानपाडा र जुइनगर रेलवे स्टेशनको बीचमा भएको हो । तर आफन्त पत्ता लाग्न ढिला भएकाले शव बुझाउन ढिला भएको प्रहरीको भनाइ छ । ‘त्यो दिन उनी आफ्नो साथीलाई भेट्न नेरुल जाँदै थिइन् । त्यही बेला उनको मोबाइल रेल्वे लिकमा झर्यो । त्यसपछि उनी रेलवे स्टेशनमा ओर्लिइन् र लिकमा आफ्नो फोन खोज्न थालिन् । त्यही बेला तीव्र गतिमा आएको अर्को रेलले उनलाई ठक्कर दियो,’ भासीस्थित जीआरपीका वरिष्ठ निरीक्षक विष्णु केसरकरले भनेका छन् । गम्भीर घाइते भएकी उनलाई सायन अस्पतालमा भर्ना गरिएको र २ अगष्ट (साउन १८ गते) मृत्यु भएको समाचारमा उल्लेख छ । उनको परिवारका सदस्य पत्ता लगाउन प्रहरीले नेपाली समुदायसँग मद्दत लिएको थियो । उनको तस्वीर र विवरण उल्लेख गरेर युट्युबमा भिडियो बनाइएको र रेडियो तथा टिभी च्यानलबाट समाचार प्रसारण गरिएको थियो । परियारको भाइले समाचार सुनेपछि प्रहरीसँग सम्पर्क गरेको र सनाखत गरी बिहीबार शव जिम्मा लगाएको प्रहरी निरीक्षक केसरकरले बताएका छन् । अनलाइनखबरबाट
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १०:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP