शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बस्तीमा सरकारी स्वास्थ्य शिविरपछि राउटे समुदाय खुशी
बस्तीमा सरकारी स्वास्थ्य शिविरपछि राउटे समुदाय खुशी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ ७, २०७८
sibirraute
दाङ । ‘देशको शान्ति सुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आउनुभयो, औषधि दिनुभयो, खानका लागि दाल, चामल दिनुभयो हाम्रा जनता खुशी भएका छन्’, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भने । नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी मदनकुमार केसी र सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडासँग आफ्नै बस्तीमा गरिएको स्वास्थ्य शिविर तथा राहत वितरणपश्चात् कुराकानीका क्रममा राउटेका मुखिया शाहीले सो भावना व्यक्त गरेका हुन् । ‘हामीलाई उपचारका लागि बस्तीमै चिकित्सकसहित औषधि लिएर आउनुभयो, मैले पनि कानको उपचार गराए, तर केहीले उपचार गराउन मानेनन्, मैले सबैलाई भनेको हुँ, तपाईहरुले दिनुभएको औषधि जनता बिरामी भएका बेला दिन्छु, चामल दाल सबैले बाडेर खान्छौँ’, मुखिया शाहीले शिविरमा पुगेको टोली फर्कंन लाग्दा भने । नेपाली सेना १९ नम्बर बाहिनी अड्डाीपुर, जिल्ला प्रशासन कार्यालया, सवुजगणलगायत विभिन्न सरकारी कार्यालयको संयुक्त आयोजनामा राउटे बस्तीमा स्वास्थ्य शिविर राखिएको हो । पछिल्लो दुई महिनामा राउटे समुदायका चारजना बिरामी भएर निधन भएपछि प्रशासनले शिविरको आयोजना गरेको हो । शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराउँदै सुवीन शाहीले आफूलाई केही समयदेखि छाती दुख्ने गरेको समस्या चिकित्सकलाई सुनाए । जाँच गराइसकेपछि चिकित्सकले औषधि दिए, खाने तरिका सिकाए र पठाए । सुरुमा शिविरमा किन जाँच गराउन मान्नुभएन त भन्ने प्रश्नमा उनले अहिले नयाँ रोग आएको छ, त्यसैको सुई लगाउन आएकी भन्ने डरले जचाउन गइन भने । ‘पछि सुई लगाउँदैन औषधि चामल, दाल दिन्छन् भनी थाहा पाएँ अनि जचाएँ’, उनले भने । केही समयअघि राउटेलाई कोरोना महामारीबाट जोगाउन उनीहरुको समुदायका दुई दर्जन बढीको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । सोही कारणले उनीहरु अहिले शिविरमार्फत आफूहरुलाई कोरोनाको खोप लगाउन आएँ भन्ने ठानेर सशंकित भएका थिए । राउटेका मुखिया उपस्थित भएकाले कोरोना खोप लगाउन नआएको विश्वस्त पारेपछि जाँचमा सहभागी भएका थिए । तर सबैले भने जाँच गर्न मानेन् । स्वास्थ्य परीक्षण गराएका राउटेमा छातीमा समस्या, हातखुट्टा चिलाउने, घाउँ, खटिरा, कानमा समस्या रहेको पाएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । चिकित्सकले केही राउटे बालबालिकामा कुपोषण, निमोनियालगायतका समस्या हुनसक्ने भनी राउटे बस्तीमा कर्णाली प्रदेश सरकारले खटाएका दुईजना स्वास्थ्यकर्मीलाई त्यसो भएमा उनीहरुको उपचार गर्न तथा आफूहरुले लगेको औषधि उनीहरुलाई वितरण गर्नका लागि उपलब्धसमेत गराएका छन् । नेपाली सेना, जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली स्वास्थ्य परीक्षणमा संलग्न थिए । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले पछिल्लो समयमा राउटेको मृत्युदर बढेको, वर्षात्का समय उनीहरु बसोबास गर्ने ठाउँमा पिउने पानीको राम्रो व्यवस्था नभएको र बस्ने स्थानसमेत हिलाम्य भएकाले स्वास्थ्यमा समस्या भएको हुन सक्ने भनी आफू यहाँ आएको बताइन् । उनले राउटेले परम्परागत रुपमा गरी आएका चाडपर्व खानपिन छोड्न नसक्दा उनीहरुमा परिर्वतन हुन नसकेको पनि बताइन् । राउटेको बस्तीमा पुगेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग राउटे मुखिया शाहीले आफूहरुलाई सरकारले दिँदै आएको भत्ता दशैँअगावै उपलब्ध गराइदिन माग गरेका छन्। राउटे मुखिया शाहीले सो पैसाबाट दशैँको पूजाका लागि बाख्रा, चामल र लत्ताकपडा किन्नमा खर्च गरिने बताए । उनले अहिले आफूहरु बसेको ठाउँ राम्रो तथा सुरक्षित नभएको र भत्ता बुझेलगत्तै दैलेखको गुराँसे, जाजरकोट, सुर्खेत या दाङको राम्रो ठाउँमा बस्न जाने समेत बताए । कुराकानीका क्रममा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी रिजालले भत्ता उपलब्ध गराउ पहल गर्ने र त्यसका लागि छिटै सुर्खेत बोलाउने राउटेका मुखिया शाहीलाई आश्‍वासन दिनुभयो । बाहिनीपति सहायक रथी केसीले राउटेको स्वास्थ्य उपचार र केही राहत प्रदान गर्न आफूहरु चिकित्सक, औषधि र खाद्यान्न सामग्री लिएर यहाँ आएको बताए । राउटेको सीप, परिश्रम तथा मेहनतको सधैँ सम्मान हुनुपर्ने र यो जातिको संरक्षण तथा परिवर्तनका लागि नयाँ पुस्तालाई शिक्षामा जोड दिने, स्वास्थ्य तथा सरफाइमा ध्यान दिनुपर्ने उनको धारणा छ । उनीहरुले आफ्ना संस्कार तथा संस्कृतिलाई केही परिर्वतन गरी आफ्ना नयाँ पुस्तालाई शिक्षामा जोड दिनसके राम्रो हुने बताए। सवुज गण सल्यानका गणपति कञ्चन कृष्ण बस्नेतले राउटेको मृत्युदर बढ्न थालेपछि त्यसलाई रोक्न तथा राउटेलाई स्वास्थ्य राख्न संयुक्त शिविरको आयोजना गरेको बताए । दाङ र सल्यानको सिमानामा पर्ने कालीमाटीको काल्चेमा बस्दै आएका राउटेलाई लक्षित गरी सोही ठाउँमा शिविर आयोजना गरिएको हो। शुक्रबार राति सात वर्षीया राउटे बालिकाको मृत्यु भएपछि उनीहरु सो ठाउँ छाडेर सल्यान र सुर्खेत जिल्लाको सिमानमा पर्ने सुर्खेतको गुर्वाकोट नगरपालिका– १ मा बस्दै आएका छन्। वर्षाद्को समय त्यसमा पनि भदौरे झरीले गर्दा गत शनिबार गरिएको शिविरको सन्दर्भमा उनीहरुको बस्तीमा पुग्दा निकै कष्टकर जीवनयापन देखिन्थ्यो । भर्खरै बसाइँ सरेर आएको ठाउँ भएका कारण केही राउटे आफ्ना पालले छाएका घरभित्र जमिन मिलाउन व्यस्त दखिन्थे । राउटे महिला भने भाँडाकुँडा मिलाउन, सरसफाइ गर्न, चुलो मिलाउने काममा जुटेका थिए । कूल ४६ घरपरिवार रहेका राउटेको कूल सङ्ख्या १४२ छ । कुनै पनि परिवारको एक जना सदस्यको मृत्यु भएपछि उनीहरु सो ठाउँमा छाडेर अन्यन्त्र बसाइँसराइ गरी जाने गर्दछन् । लोपोन्मुख जातिका रुपमा चिनिने राउटेलाई जीवनयापनका लागि प्रदेश सरकारले रु दुई हजार र सङ्घीय सरकारले रु तीन हजार गरी मासिक रु पाँच भत्ता प्रदान गरिदै आएको छ । नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुर र नेपाली सेनाको सवुज गण सल्यानले राउटे बस्तीमा गरिएको स्वास्थ्य शिविरमा उनीहरुलाई खाद्यान्न वितरण गरिएको छ । सहायक रथी केसी र सवुजगणका गणपति प्रमुख सेनानी कञ्चनकृष्ण बस्नेतले राउटेका मुखिया सूर्यनारायण शाहीलाई समुदायमा खाद्यान्न वितरणका लागि सामग्री हस्तान्तरण गरेका हुन् । सेनाले एक हजार केजी चामल, ३०० केजी दाल, २०० केजी चिउरा, ५० केजी नुन, गेडागुडी, बिस्कुट, बुनलगायतका खाद्य सामग्री प्रदान गरेको हो । रासस
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १४:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP