शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्री देउवाको आग्रह
मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्री देउवाको आग्रह
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २०, २०७८
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार शाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दिएको शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले मानव बेचबिखन गर्न नपाउने व्यवस्था गरेकाले यसको नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ ।” प्रधानमन्त्री देउवाले मानव बेचबिखन विरुद्धको अभियानमा साझेदारी गर्नुहुने सबै अभियन्तालाई हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले सन्देशमा मानव बेचबिखन रोकथामका लागि जनचेतनामूलक र आर्थिक सशक्तीकरण हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने जरुरी देखिएको भन्नुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले २१औँ शताब्दीमा महिलालाई पशु सरह बेचबिखन हुने गरेको दुःखद अवस्था रहेको उल्लेख गर्नुहुँदै मानव ओसारपसार गर्ने जालोलाई मुक्त गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँले मानव बेचबिखनजस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्नका लागि आ–आफ्नो ठाउँबाट जुट्न सबैमा आग्रह गर्नुभयो । मन्त्रालयका सचिव यामकुमारी खतिवडाले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध सभ्य समाजको बाधक तत्व रहेको उल्लेख गर्नुहुँदै यस्ता सामाजिक कलङ्कको रुपमा मौलाएको अपराध नियन्त्रण तथा रोकथामका लागि सरकार, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, विकास साझेदार निकाय, नागरिक समाज, मानव अधिकारकर्मीलगायत सम्पूर्ण सरोकारवालाहरु एकजुट भएर आगाडि बढ्नुपर्ने उल्लेख बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार शाखाका प्रमुख रोशनीकुमारी श्रेष्ठले रोजगारीको अवसरका कमी, वैदेशिक रोजगारीका लागि जाने र लैजाने क्रममा महिलाहरु बेचिने गरेको जानकारी दिनुभयो। ‘मानव बेचबिखनमुक्त समाज, हाम्रो प्रतिबद्धता सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा गत आर्थिक वर्षमा सरकारले विभिन्न सङ्घ संस्थाको सहयोगमा एक हजार ३३१ जना महिला तथा बालबालिकालाई उद्धार गरेको जानकारी गराइयो । नेपाल सरकारले हरेक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउने गरेको छ । रासस  
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १५:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP