शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • डोटीको सेटीगाउँका २०० घर पहिरोको जोखिममा
डोटीको सेटीगाउँका २०० घर पहिरोको जोखिममा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ २५, २०७८
डोटी । जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ सेटीगाउँ पहिरोको उच्च जोखिममा छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका २०० घरपरिवार जोखिममा परेका छन् । केही दिन पहिलेको वर्षाका कारण पहिरो आउन थालेको स्थानीयवासी ७८ वर्षीया हरिना कडायतले जानकारी दिए । उनका अनुसार पहिरो अहिले पनि बेलाबेलामा आइरहेको छ । लगातार पहिरो आउन थालेपछि त्यहाँका नागरिकलाई सामान्य पानी पर्दासमेत गाउँ नै बग्ने डरले राति निद्रासमेत नपर्ने गरेको वडाध्यक्ष रामबहादुर खडकाले बताए । उनले भने, “पूरै गाउँको जमिनको भित्री भागम पानी फुट्न थालेको छ, राति ठूलो वर्षा भए पूरै गाउँ बग्ने चिन्तामा यहाँका नागरिकलाई निन्द्रासमेत पर्न छाडेको छ ।” गाउँमा लगातार पहिरो आउने क्रम बढे पनि त्यसको रोकथाम तथा नियन्त्रणका लागि कुनै पहल नभएको अर्की स्थानीयवासी जमुना कडायतले बताए । पहिरो नियन्त्रण नहुञ्जेलसम्म पूरै बस्ती सार्नुपर्ने अवस्था रहेको स्थानीयवासी तिरमलसिंह कुन्जेडाले बताए । उनले भने, “सिङगो गाउँ नै पहिराको जोखिममा छ, समयमै नागरिकलाई सुरक्षित स्थानमा सार्न ढिला गरे ठूलो क्षति पु¥याउने देखिन्छ ।” यति मात्र नभई लगातार आइरहेको पहिरोका कारण यहाँको खोपानीको मुहान र सिँचाइ कुलो बगाएपछि खानेपानी तथा सिँचाइको समेत समस्या भएको स्थानीयवासी तुलसी खड्काले बताए । गाउँमा आउने पहिरो नरोकिने अवस्था आएपछि यहाँका नागरिक गाउँ छाडेर अन्यत्र जाने अवस्थामा छन् । पहिरोकै डरले घर बगे मान्छे च्यापिएर मर्ने डरले यहाँका कतिपय नागरिकले पालमुनि बास बनाएको स्थानीयवासी तथा सञ्चारकर्मी तेजु वलीले बताए । यसैगरी शौचालय, खानेपानी तथा उज्यालोका लागि बत्तीसमेत नहुँदा उनीहरुलाई दिनहुँ सास्ती हुने गरेको दिपायल सिलगढी–८ का बासिन्दा कमल बोहराले बताए । उक्त गाउँमा वर्षेनी वर्षायाम लागेपछि डर, त्रासमा बस्नु परिरहेका बेला लगातार पानी पर्दा गाउँको छेउछाउ पहिरो जान थालेपछि सुरक्षित बासका लागि गाउँ छाडेर पालमुनि बस्नुपरेको पहिरोपीडित भनाइ छ । पहिरोका समस्या वर्षौँदेखि हुँदै आए पनि आफूहरुको समस्या समाधानका लागि कसैले पनि उचित पहल नगरेको पीडितको गुनासो छ । पहिरोपीडितको सुरक्षित बासको व्यवस्था चाँडो नभए पहिराले कुनै दिन गाउँ नै सामूहिक चिहान बन्ने खतरा बढेको स्थानीयवासी हर्क खड्काले जानकारी दिए। पालमुनि रहेका बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता समस्या देखिएका छन् । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १०:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP