शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बैतडीमा चार सय प्रहरी परिचालन
बैतडीमा चार सय प्रहरी परिचालन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज १७, २०७८
बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले चाडपर्व लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ । कार्यालयले विभिन्न १८ बुँदे कार्ययोजना सार्वजनिक गर्दै सुरक्षा योजना लागू गरेको हो । दसैँतिहार तथा छठ पर्वको समयमा जिल्लामा मादक पदार्थ बिक्रीवितरण तथा ओसार–पसार र सेवन, विस्फोटक पदार्थ ओसारपसार, जुवाजन्य खेलहरु, चोरी, तस्करी, खाद्यान्नको कृत्रिम अभाव तथा कालोबजारी, सवारी दुर्घटना तथा यात्रुहरु ठगिने सम्भावना, बैंक तथा वित्तीय संस्थाहरु उपर हुनसक्ने सम्भावित लुटपाट, मेलापर्वहरुमा हुनसक्ने सम्भावित झैझगडा तथा असुरक्षा, सीमा नाकामा हुनसक्ने ठगी तथा अभद्र व्यवहार र विशिष्ट व्यक्तिहरुको भ्रमणका क्रममा हुनसक्ने सम्भावित जोखिम लगायतका गतिविधिहरुलाई नियन्त्रण गरी जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ । सुरक्षा योजनाअन्तर्गत भारतसँगको सीमा नाका र राजमार्गमा गरी जिल्लाका विभिन्न नौ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझा जानकारी दिनुभयो । सिमार, गोकुलेश्वर, खोचलेक, सतबाँझ, झुलाघाट, गोठलापानी, पाटन, खोडपे र ढोल्यामोडमा सहायता कक्ष सञ्चालन गरिएका हुन् । चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रुको सजिलोका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएका हुन् । जिल्लाभरि एक सय १७ स्थानमा ड्युटी राखिएको र नागरिकको सुरक्षाका लागि तीन सय ८८ प्रहरी परिचालन गरिएका जनाइएको छ । यस्तै जिल्ला कमान्ड पोष्ट एक, रिजर्भ दुई, क्युआरटी परिचालन १०, ट्राफिकसहितको संयुक्त चेकिङ चार, सीमा नाकाहरुमा चोरी तस्करी नियन्त्रण सात, झैझगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रण २४, मोबाइल गस्ती दुई, पैदल गस्ती १७, पिकेट १६, राजमार्गमा स्कर्टिङ दुई, यात्रु सहायता कक्ष नौ, धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा तीन, बैंक तथा वित्तीय संस्था, सुनचाँदीको कारोबार तथा आर्थिक कारोबार हुने स्थानको सुरक्षा चार, बजार अनुगमन तीन, तत्काल परिचालन हुने (आकस्मिक सभा जुलुस, धर्ना लगायतको कार्यक्रम) चार, नियमित चेक प्वाइन्ट डिउटी (मापसे चेकिङसहित) पाँच, विशेष चेकिङ (लामो दूरीको सवारी चेकिङ) चार र दैनिक जम्मा ड्युटी परिचालन सङ्ख्या ११७ वटा टोली परिचालन गरिएका हुन् । रासस
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १५:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP