शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • तुइनमा झुन्डिँदै फेरि व्याँसवासी
तुइनमा झुन्डिँदै फेरि व्याँसवासी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज १७, २०७८
sdffgfg
दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाका नागरिक फेरि पनि तुइनमा झुन्डिँदै गाउँ आउनजान बाध्य भएका छन्। सरकारले व्याँस गाउँपालिका–२ दुम्लीङ, राप्ला मालका लागि वैकल्पिक बाटोको व्यवस्था गर्न नसक्दा फेरि पनि तुइनमा झुन्डिँदै यात्रा गर्न बाध्य भएका हुन्। राप्ला र मालगाउँका सयौँ परिवार फेरि पनि तुइनमा झुन्डिएर वारपार गर्न थालेका छन्। सरकारले वैकल्पिक बाटोको विकल्प दिन नसक्दा उनीहरुले पुरानै शैलीको तारको प्रयोग गर्दै आवतजावत गर्न लागेका छन् । स्थानीय सरकारले माल गाउँका लागि हेलिकप्टरमार्फत खाद्यान्न गाउँ पुर्‍याए पनि दुम्लिङका स्थानीयवासीका लागि खाद्यान्न ढुवानी हुन सकेको छैन। खाद्य संस्थानले ठेक्कामार्फत चामल पुर्‍याउने भने पनि अझै पुर्‍याउन नसकेको स्थानीवासी प्रभात बुढाथोकीले बताउनुभयो। ‘गाउँमा खाद्यान्न ढुवानी हुन नसकेपछि बाध्य भएर फेरि पनि तुइनबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, उहाँले भन्नुभयो। तुइनको जोखिम मोलेर दुम्लिङका स्थानीयवासीले खाद्यान्न र आवतजावत गर्नु परेको अर्का स्थानीयवासी महेन्द्र बुढाथोकीले बताए। उनका अनुसार बाटोको विकल्प छैन । तुइनबाट नगएर गाउँ पुग्न दुई दिनभन्दा बढी लाग्छ। ‘वर्षौंदेखि मजबुर भएर तुइनमा झुन्डिनु परेको छ’, उहाँ भन्नुहुन्छ, ‘यो क्षेत्रमा राज्यको नजर कहिले पुग्ला।’ नेपालबाट दुम्लिङ पुग्न दुई दिन लाग्छ। भारतीय बाटो हुँदै जाँदा दुई घण्टामै गाउँ पुगिन्छ। यो क्षेत्रमा दुई वर्षअघिसम्म काठको पुलमार्फत महाकाली वारपार हुने गथ्र्यो। कोभिड–१९ को लहर आएसँगै यो क्षेत्रमा लगाइएको काठेपुल भत्काइएको हो । त्यसयता अहिले नागरिकले तुइन लगाएर आवतजावत गर्न थालेका हुन् । फेसबुकमा जलन बुढाथोकी लेख्नुहुन्छ, ‘जिन्दगीको कुनै निश्चित छैन, कतिखेर महाकालीमा विलीन हुने हो, यो बाध्यता कस्ले बुझिदिने रु’ गत साउन १५ गते व्यास गाउँपालिका–२ कै जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएयता यहाँका नागरिकलाई पनि तुइनमा आवतजावत गर्न निकै डर लागेको छ । तर तुइनको विकल्प नभएपछि अहिले पनि उर्लंदो महाकालीमा आवतजावत गर्न बाध्य भएका हुन् । व्यासको दुम्लिङ सडक अहिले नै पुग्न सक्ने अवस्था छैन । यो क्षेत्रमा भर्खर मात्र नेपाली सेनाले सडक निर्माणको काम थालनी गरेको छ । मालगाउँ नजिकैबाट सेनाले काम सुरु गरेको छ । व्यास–३ तुसरपानी क्षेत्रमा सडक निर्माणमा भएको बेवास्ताले पनि नेपालीले दुःख पाएको दुम्लिङका स्थानीयवासी प्रभात बुढाथोकीले बताउनुभयो। ‘यस्तै छ, हाम्रो परिस्थिति नेपालीको बाध्यता राज्यको ध्यान नजानू,’ उहाँले भन्नुभयो। राज्यले ध्यान नदिएकै कारण मालमा घटना घटेको हो । मालघाटमा झोलुङ्गेपुल निर्माणका लागि ठेक्का भएको तीन वर्ष हुँदा पनि निर्माण कार्य अघि बढेको छैन । पुल निर्माण मात्रै भएको भए राप्ला, माल र दुम्लिङका नागरिकले राहत पाउँथे, मालका स्थानीयवासी नरेन्द्रसिंह धामीले भन्नुभयो, ‘मेरो दाइ बेपत्ता भएको महिनौँ भयो, अझै पनि सरकारले यो क्षेत्रमा पुल निर्माणका लागि ठेकेदारलाई घच्घच्याएको छैन।’ ‘व्याँसवासीका अनगिन्ती पीडा छ, महाकालीमा तुइन लगाउँदा अझै पनि छिमेकी भारतीयको त्रास छ,’ नवीनसिंह डोबालले भन्नुभयो, ‘त्रासका बीच तुइनको डोरीमा आवतजावत गर्नुपरेको छ। एकातिर गाउँमा नुनतेल हुँदैन। खाद्यान्नलगायत दैनिक उपभोग्य समान भारतबाटै निर्यात गर्नुपर्छ। सरकारले तुइन बन्द भएको तीन महिनासम्म पनि खाद्यान्न ढुवानी गर्न नसक्दा स्थानीयवासीले फेरि जोखिम मोलेर तुइन लगाउन थालेका हुन्।’ रासस
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १६:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP